Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

Quick Contact

“कर्मकले नै व्यक्तिलाई महान बनाउँदछ, आफ्नो साधना, सेवा र त्यागद्वारा महान बनौं।”

हार्दिक अपिल तथा सादर अनुरोध​ !
हामी कुनैपनि हालतमा यो देशमा भोकै र नाङ्गै  भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपुर्ण जीवनयापन गर्न पर्ने अवस्थाको अन्त्य गर्न प्रतिवद्ध छौं । सिमित स्रोत साधनको प्रयोग र जनमन संकलन अभियानबाटै कुनैपनि वैदेशिक दातृ निकायहरुको सर्त सहितको सहयोग स्विकार नगरीकन मेरो देशमा कोहीपनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा गरिमाबोध गराउन सक्यौं भने म आफ्नो जीवन सार्थक भएको ठान्नेछु। कयौं नेपालीको जीवनसँग र सम्पुर्ण नेपालिको सभ्यता र गरिमासँग जोडिएको यस अभियानलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट भूमिका निर्भाह गर्न सबैमा हार्दिक अपिल गर्दछौं ।
हामी पुर्खाको योगदान र विरताको कारण गर्व गरिरहेका छौं । हामीले आफ्ना लागि मात्र सोच्ने हो भने हाम्रा सन्ततीले हाम्रालाई के भन्लान ?
आऔं सबै सद्संकल्पका साथ अघि बढौं अफुपनि बाँचौ, अरुलाई पनि बचाउँ ।
रामजी अधिकारी
परिकल्पनाकार/संस्थापक केन्द्रिय अध्यक्ष

News & Events

सडकमा एक समुह भोकै, नाङ्गै छाडेर देशलाई समृद्ध बनाउन सकिदैन : मा.मुख्य मन्त्री डोरमणि पौडेल

28th October, 2019

यस्तौ उहाँले मानवसेवा आश्रमले सबैखाले दुःख कष्टलाई अपनाएर देशलाई नै सहयोगापेक्षी सडकमानव रहित बनाउने सपना नदेखाएको भए, अभियान थालनी नगरेको भए हाम्रोपनि सहयोग रहदैन थियो, हामी कठैबरा सम्म भन्थ्यौ होला तर देशभर रहेका सहयोगापेक्षी सडकमानवहरूको व्यवस्थापन यति सहज हुने थिएन । उहाँले थप्नुभयो : – “अब तिनै तहको सरकार सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन गर्नबाट पन्छिन पाउँदैन । बाटो, ढल र सडक बनाएर मात्र सरकारको दायित्व पुरा नहुने हुन सक्दैन । सडकमा एक समुह भोकै, नाङ्गै छाडेर देशलाई समृद्ध बनाउन सकिदैन ।”

Read more
पाल्पाको सिद्धबाबा मन्दिर परिषरमा अब कोही बेसहारा हुनु नपर्ने, यसरी भयो घोषणा

14th October, 2019

५ नं. प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालज्युले आज यस्तो घोषणा गर्नु भएको हो । मन्दिर क्षेत्र बेसहारा रहित क्षेत्र घोषणा गराउन प्रदेश सरकारलाई मानवसेवा आश्रम, सिद्धबाबा मन्दिर विकास समिति र सिद्धबाबा धामले सघाएको छ । यस घोषणा पश्चात् मन्दिर क्षेत्रमा बाध्यता वा विवशताले माग्न बसेका वास्तविक सहयोगापेक्षीलाई मानवसेवा आश्रमले संरक्षण दिने छ ।

Read more

Manav Sewa Center

Some of our projects

Video