लेख
16th May, 2018
मानवसेवा आश्रमको माया, प्रेम र स्नेहले उनको जीवनमा छोटो समयमा नै अकल्पनीय रुपान्तरण ल्यायो । कसैसँग नबोल्ने उनीसँग घण्टौं जीवनको सुख दुखका कुरागर्ने सकिने स्थिीती बनेपछि उनले आफ्नो परिवार बताईन र मानवसेवा आश्रमले सुनवल स्थित उनको माइतमा पु्यायो।
Read more-
आश्रममा राख्दा अरुलाई समेत असर परिरहेको थियो, आश्रममै राखेर सेवा गर्न सकिने अवस्था थिएन, सडकमा लगेर छाड्न हामी सक्दैन थियौ । दुर्गन्धको कारण सार्वजनिक यातायातमा लैजान पनि सम्भव भएन, प्लेनमा लैजान उससको कुनै परिचय छैन, हामी फसादमा प¥यौ र अन्ततः खुट्टालाई बाक्लो व्याण्डेज लगाएर, अत्तर छर्किएर, प्लास्टिकले भित्रको हावा बाहिर ननिस्कने गरी बाध्यौं, नेपालको पश्चिम नाका हुँदै गोरखपुरबाट करिव १५ घण्टाको रेलको यात्रापश्चात् सत्ना जिल्ला रेल स्टेशन पुगीयो
Read more16th May, 2018
आश्रममा आइसकेपश्चात् उनी पटक पटक आश्रमबाट भाग्न खोज्थीन्, एकपटक त नौ महिनाको बच्चालाई गर्वमै बोकी उनी आश्रमबाट करिव ८ फिटको पर्खाल चढेर भागीन् पनि, निरन्तरको प्रयास पश्चात् उनलाई नागार्जुन नगरपालिका क्षेत्रमा भेटीयो । चार दिनपछि भेट्दा न उनको शरीरमा लगाएको कपडा थियो, नत खुट्टामा चप्पल नै थियो । उनै मनोरोगी आमाबाट जन्मिएका बाबु गौरब जो अहिले आश्रमका शान बनेका छन् ।
Read more31st January, 2019
‘कोठामा पानीको थोपो छैन, पकाएर खुवाउने मान्छे नि छैन, त्यतिकै बस्छु’, अनायासै उनले कुराहरू सुनाउँदै गइन् । ‘ल जाम आमा अब हाम्रो घर’, मानवसेवा आश्रमकी अभियानकर्मी सन्तोषी मगरले भनिन्। ‘जान त जानी, मेरो सामानचाहिँ लानुपर्छ है’ उनले भनिन् । पिसाबले भिजेका सिरकडसना थियो । थोत्रो कपडामा थिइन् उनी । वर्षौसम्म ननुहाएका कारण कपाल गुजुल्टिएर डल्लो परेको थियो ।
Read more27th October, 2019
लोक कल्याणकारी राज्यमाकुनैपनिनागरिक अनागरिक हुनु पर्दैन, अभिभावकविहिनहुनु पर्दैन, जसको कोहीहुँदैन उसको सरकार हुन्छ र हुनुपर्छ । यो नै लोक कल्याणकारी राज्यको पहिलो धर्महो । यदि यो अवस्थाबन्न सकेन भने त्यस्तो राज्यलाई आफू लोक कल्याणकारी राज्यहुँभन्ने अधिकार हुँदैन ।
Read more16th June, 2018
कान्छीको बिहे सानै उमेरमा भएको थियो । बिहेको दुई वर्षमै उनका पति काम गर्न भनेर भारत गएका थिए । उनको उतै मृत्यु भयो । गाउँमा उनका देवरले भागको जग्गा खोसे । उनी मुद्दा लड्न गइन्, तर हारिन् । ‘उनीहरु हाकिमलाई रक्सी खुवाउँथे, घरमा बोलाउँथे, म त केही गर्न सकिनँ,’ उनले सुनाइन् ।
Read more