Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

अवसरको खोजिमा विदेश पुगेकी मिरा


 

मानवसेवा आश्रम काठमाडौंले भद्रकाली मन्दीर परिषरबाट उद्दार गरेको मिरा थापाको नाम देवकला पुन हो । सुरुवातमा भेट्दा उनले बोलेको बुझीदैन थियो, कोहि नजिक आए दारा किटेर कसैले नबुझ्नेगरी भट्भट्उने मिरा पुरुषसँग झनै डराउथिन्। सायद सडकमा रहदा पुरुषहरुले उनीहरुमाथि गरेको र्दुव्यवहारको उपज थियो त्यो । 


मानवसेवा आश्रमको माया, प्रेम र स्नेहले उनको जीवनमा छोटो समयमा नै अकल्पनीय रुपान्तरण ल्यायो । कसैसँग नबोल्ने उनीसँग घण्टौं जीवनको सुख दुखका कुरागर्ने सकिने स्थिीती बनेपछि उनले आफ्नो परिवार बताईन र मानवसेवा आश्रमले सुनवल स्थित उनको माइतमा पु्यायो। 


दिदीका अनुसार साथिको लैलहिमा काठमाडौं आएको उनी दुवै पुगे, दुवाईमा भनेको जस्तो काम त उनीले पाइनन् नै साहुको यातना र दुर्ववहारले उनको मानसिक अवस्था कमजोर बन्यो । काम गर्ने ठाउको यातना सहन नसकि भागेकी देवकला पुनलाई दुवै प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । 


नेपाल आएपश्चात् पनि मनोरोगको कारण परिवारको प्रेम पाउन असमर्थ भएका उनी अन्ततः फेरी काठमाडौं आईन, उनी काठमाडौं स्थित भद्रकाली मन्दिरको पेटिमा खुला आकाशमुनीक करिव दश वर्षदेखी कष्टपुर्ण जीवन विताइरहेकी थिईन । सायद त्यहि पिडालाई विर्सिनको लागि होला उनमा चुरोट र  चियाको गहिरो लत बसेको थियो । भद्रकालि मन्दीरमा मागेर बस्दा यात्री तथा भक्तहरुले उनलाई जति पैसा दिन्थे त्यो सवैको उनले चिया र चुरोट नै पिउथे । हरेक पाँच मिनेटमा ३ ओटा चुरोट र एककप चिया उनको दैनिकी बनेको थियो ।  


मिराको अनुसार, उनको विवाह सडकमै भयो,  श्रीमान् श्रीमती दुवै भद्रकाली मन्दिर परिषरमा बस्थे, उनको तीनजना छोराछोरी सडकमै जन्मीएका थिए, तर बच्चा कसले कहाँ लग्यो न मिरालाई थहाँ छ, न मिराको श्रीमान, न माईतका कसैलाइ नै, श्रीमान् श्रीमतीविचको मन मुटावकै कारण उनी रन्थनीएर पोखरा पुगेका थिए, आउदा श्रीमान् वितिसकेछन् । आश्रम उनको अवस्था अध्ययनको लागि भद्रकाली पुग्दा उनी एक्लै भद्रकालीमा कष्टपुर्ण जीवनयापन गरीरहेकी थिइन । उनलाई मानवसेवा आश्रमले उनलाई २०७२, असोज ९ गते उद्धार गरी संरक्षणमा लिएको थियो ।


सुधार पश्चात् ०७३ वैषाख ५ गते माइतमै पुर्याएर परिवारको जिम्मा लगाएपनि उनी परिवारमै रहन सकिनन्, सायद उनी अनुकुल वातावरण बन्न सकेन र परिवारको जिम्मा लगाएको एक महिना नपुग्दै उनी पुनः भद्रकाली आइन् । उनलाई मानवसेवा आश्रमको टोलिले पुन आश्रममा लेरायो, उनी अहिले मानवसेवा आश्रम काठमडाौंको संरक्षणमा छिन् । नियमित औषधी र प्रेमको कारण उनमा अकल्पिनीय रुपान्तरणको महशुस गर्न सकिन्छ । उनी अहिले आश्रमको सरसफाई, भान्सा तथा अन्य सहयोगापेक्षी मानवहरुको सेवा गरेर आश्रममा बसिरहेकी छिन् ।