Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

दास संस्कार गरिसकेको छोरा जीउदै घर फर्किएका सत्ना भारतका लल्लु


दुवै खुट्टा पुरानो ओसिलो कपडाले छोपिएको थियो, वरपर सहन नसकिने खाल्को दुर्गन्ध थियो, कोही उनको नजिक गएर बोल्न सक्ने स्थितीमा थिएनन्। वीर अस्पतालको दक्षिण गेटमा विसीरहेका करिव ३१ वर्षीय यूवा हुन लल्लु गोड, दुर्गन्धपुर्ण खुट्टालाई छोपिएको कपडा निकालेर हेर्न खोज्दा त पुरै खुट्टा कुहिएको रहेछ । कुनैपनि औलामा मासु थिएन, मासु कुहिएर झरीसकेको थियो, काला काली हड्डी सिवाए केहि बाँकी थिएन । जव त्यति नजिक गएर उसको खुट्टा हेरीयो सायद लल्लुलाई पनि जीवन प्रतीको आशा पलाएर आए झै लाग्यो । उनको आखाले काहालीलाग्दो जीन्दगीबाट बाहिन निकालिदिन अनुरोध गरिरहेको आभास् हुन्थ्यो । 

उनलाई नेपाल प्रहरीको सहयोगमा मानवसेवा आश्रम काठमाडौं ल्याईयो, सामान्य सरसफाई पश्चात् उपचारको लागि वीर अस्पतालमा नै पुर्याईयो । एक हप्तासम्मको निरन्तरको प्रयासमा उनको  सवै परिक्षणहरु भए, दुवै खुट्टा काट्नुपर्ने भयो, सवै तयारी सम्पन्न भयो । गाउन लगाएर शल्यक्रिया कक्षमा पुगेपछि उनले खुट्टा काट्न मानेनन् । म त काम गर्न, पैसा कमाउन घरबाट निस्केको हुँ दुवै खुट्टा काटेर म कसरी घर जाने ?, मेरो घरमा बाल बच्चा छन्, श्रमती र आमाबुबा छन् । 

उनको यो भनाईले हामी सवै स्तव्ध भयौ,  चिकित्सक खुट्टा काट्न  राजी भएनन् कारण उनको परिवार आफ्नो साथमा थिएनन्, विरामी खुट्टा काट्न राजी भएनन् । अन्ततः एक हप्ताको अस्पतालको बसाईपश्चात् उनलाई पुन मानवसेवा आश्रम काठमाडौं ल्याइयो । तीन तला माथी उनलाई बरन्डामा राखिएको थियो । खुट्टाबाट पिप झरीनै रहन्थ्यो । तिन तला माथि राखेपनि पहिलो तल्लाको भान्सामा समेत दुर्गन्ध आइरहन्थ्यो । 

उनको परिवारसँग कुनै सम्पर्क हुन सकिरहेको थिएन, परिवार पत्ता लगाउने सम्पुर्ण हाम्रो प्रयास सफल हुन सकेने । भारतीय नागरिक भएकै कारण दुतावासलाई जिम्मा लगाउनु वा उसकोे सहयोगमा भारतमा पुर्याउनु उचित होला भन्ने लागेर दुतावास पुग्दा तेसो हुन सकेन । उनीहरुको भनाई थियो देख्नमा त हरेक नेपाली र भारती  उस्तै उस्तै देखिन्छन्। त्यसो भन्दैमा हामी केहि गर्न सक्दैनौ ।

दुतावास जिम्मेवारीबाट सजिलै पन्छियो ।  आफ्नो नागरिक पहिचान नै गर्न चाहेको भए आधारहरु धेरै थिए, उसले आफ्नो गाउँ बताएको थियो, गाउँका वरपरका सम्पुर्ण जिल्लाहरु बताएको थियो, गाउँका नेतादेखि मुखिया सम्मको नाम लिएको थियो तर उसलाई सहयोग गर्नु सायत दुतावासले आफ्नो दायीत्व ठानेन् । 

सदैव आश्रममा राख्दा अरुलाई समेत असर परिरहेको थियो, आश्रममै राखेर सेवा गर्न सकिने अवस्था थिएन, सडकमा लगेर छाड्न हामी सक्दैन थियौ । दुर्गन्धको कारण सार्वजनिक यातायातमा लैजान पनि सम्भव भएन, प्लेनमा लैजान उससको कुनै परिचय छैन, हामी फसादमा प¥यौ र अन्ततः खुट्टालाई बाक्लो व्याण्डेज लगाएर, अत्तर छर्किएर, प्लास्टिकले भित्रको हावा  बाहिर ननिस्कने गरी बाध्यौं, नेपालको पश्चिम नाका हुँदै गोरखपुरबाट करिव १५ घण्टाको  रेलको यात्रापश्चात् सत्ना जिल्ला रेल स्टेशन पुगीयो । त्याहाबाट करिव डेढ घण्टामा बसमा झ्याली पुग्यौ । 


त्यहाँ पुग्दा त लल्लुको दास संंस्कार नै भइसकेको रैछ, टेलिकमको काम गर्न लल्लुलाई स्थानिय ठेगदारले कास्मीर लगेको स्थानियहरुले बताए । कास्मीरमा लल्लुको खुट्टा विमारी भयो, ठेगदारले खुट्टाको उपचार गराउनुको साटो नेपालको गाडीमा राखेर काठमाडौं पठाइदिए ता कि फेरी उ घर जान नसकोस्,। लल्लु नेपाल आइपुगे तर लल्लुको घरमा चाहि लल्लुको मृत्यु भएको खवर पु¥याईएको रहेछ । छोराले  पैसा कमाएर ल्याउला र  ऋण  तिर्न सकिएला भन्ने आशामा बसेका आमाबुबा भकानिए, श्रीमती छोराछोरी लिएर माइत गएकी रहेछीन् । 


अन्तत : दास संस्कार नै भइसकेको छोरालाई जीउदै लिएर परिवार सम्म पुग्दा सम्पुर्ण परिवार र गाउँलेहरुलाई समेत सपना झैं लागिरहेको थियो । हामीले उसको खुट्टाको उपचार त गर्न सकेनौ तर सारा मेहनतको बाबजुद उसलाई परिवार सम्म पु¥याउन हामी सफल भयौ । लल्लु मात्र होइन यस्ता २६ जना भारतिय नागरिहरुलाई मानवसेवा आश्रमले परिवार खोज्दै भारतको विभिन्न स्थानहरुमा पु¥याईसकेको छ । 
धन्यबाद !