Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

आशाका दिपक बाबु गौरब


महिला बालबाललिका कार्याल दाङ्ग र स्थानिय बासीको सहयोगमा गौरवको आमालाई उद्धार गरी मानवसेवा आश्रम काठमाडौंमा ल्याईएको हो ।  महिला बालबालिका कार्यालय दाङ्ग तथा आमा समुहको पत्रमा गौरवको आमा हर्ककली शान्तिनर सडकपेटीमा करिव ३ वर्षदेखी खुला आकाशमुनी वेवारिसे भई कष्टपुर्ण जीवन विताईरहेको र सडकमै अज्ञात व्यक्तिहरुबाट वलात्कृत भई गर्व रहन पुगेको उल्लेख छ । 
लगाएको कपडा खोलेर फ्यालीदिने, गाउँमा वासीभात माग्दै हिड्ने, हिडीरहन रुचाउने, आफैले गरेको दिशा समेत खाईदिने उनको उनको मनोरोगको लक्षण थियो। उनको गर्वमा शुशु वढ्दै जादा समेत उनलाई मेरो  गर्वमा बच्चा छ भन्ने कुराको ज्ञान थिएन बरु उनी मैले खाएको माटो र भात जम्मा भएको भन्ने उन्को मनशाय थियो । त्यसैले त उनी कहिलेकहि माटो र भातको डल्लोलाई फुटाने भन्दै मुड्कीले हान्न खोजिरहेकी हुन्थिन् । 


आश्रममा आइसकेपश्चात् उनी पटक पटक आश्रमबाट भाग्न खोज्थीन्, एकपटक त  नौ महिनाको बच्चालाई गर्वमै बोकी उनी  आश्रमबाट करिव ८ फिटको पर्खाल चढेर भागीन् पनि, निरन्तरको प्रयास पश्चात् उनलाई नागार्जुन नगरपालिका क्षेत्रमा भेटीयो । चार दिनपछि भेट्दा न उनको शरीरमा लगाएको कपडा थियो, नत खुट्टामा चप्पल नै थियो । 


नौ महिनाको धर्तिमा आउन तयार भएको शिशुलाई एकजना मनोरोगी आमा गर्वमै बोकी सडकमा दौडदा त्यो बालकले कति सकस खेप्नुप¥यो होला भन्ने कुराको कल्पना समेत गर्न सकिदैन । चैत्र २६, २०७२ मा मानवसेवा आश्रम काठमाडौंमा उद्दार गरी ल्याईएको हर्ककलीले १, जेठ २०७३ गतेको दिन गौरवलाई यस धर्तिमा अवतरण गराईन तर उनलाई गौरव मेरो छोरा हो भन्ने कुरा जान्न अर्को छ महिना लाग्यो । गौरव अहिले आश्रमकै शान बनेका छन्, सवैको माया र प्रेमले उनलाई देख्ने जो कोहि लोभ्भीन्छन् । गौरव जस्ता सडकमै वलात्कृत भई सम्पुर्ण गर्वअवस्था सडकमै मनोरोगी आमाको साथमा विताई अन्तमा मानवसेवा आश्रमको काखमा आएर जन्म लिएका बाबुनानी ९ जना पुगीसकेका छन् । 

पछिल्लो समय हरेकदिन जस्तो सडकमै बालात्कृत भई गर्ववती भएकी आमा दिदीहरु हरेक महिना जस्तो भेटीने गरेको छ जलसे समग्र देशको परित्रमाथी नै प्रश्नचिन्न सृजना गरेको छ । 
धन्यबाद !