सहयोगापेक्षी सडकमानव मुक्त नेपालनिर्माणकोआशालाग्दो यात्रा.....


सहयोगापेक्षी सडकमानव मुक्त नेपालनिर्माणकोआशालाग्दो यात्रा.....

बाटोमा उडेको धुलो देख्ने आँखाले त्यही बाटोमा जीवन र मृत्युको दोसाँदमा लडिरहेका एकजना बेसहारालाई किन देख्दैन ? अपराधिलाई विजुली, पानी, भोजन र भत्तासमेत दिएर जेलमा सुरक्षित राख्न उदार मनहरुले चैत्र बैशाखको प्रचण्ड गर्मी र पुसमाघको सिते लहरमा खुला आकाशमुनी रात विताउन बाध्य निर्दोश आमाबाबाको पिडा किन बुझ्दैन ? 
भुकम्पमा घर लडेपछि एक्लिएका र विछोडिएकाहरुको कथा लेखिँदा वर्षैदेखि घरपरिवार र आफन्तबाट परित्यक्त भै दिशा पिसाव र फोहोरको डङ्गुरमाथि  लडिरहेका मनोरोगीहरुको कथा किन लेखिदैन ? 
हरेक जेष्ठ नागरिकको बृद्ध भत्ता ५,००० बनाउने सपना देख्ने मेरो सरकार जीवन नै जोखिममा रहेका अभिभावक विहिन सडकमानवहरुको व्यवस्थापन बारे किन सोच्दैन ? 

हरेक नागरिकको जनगणना हुँदा खुला आकाशमुनी रात विताउन बाध्य ति बेसहारा सडकमानवहरुकोमा जनगणना गर्नेवाला किन पुग्दैन ? 
मान्छेकै भेषमा जन्मिएर पनि सामान्य मान्छे सरहको जीवन बाँच्न नपाउने यो कस्तो विडम्बना ? संविधानको धाराहरुमा लेखिएका नागरिकको सम्मानपुर्वक बाँच्न पाउने अधिकारले यी बेसहारा सडकमानवहरुलाई किन संबोधन गर्न सक्दैन ? 
के हुने र सक्नेहरुको लागि मात्र हो त राज्य ? 


यी र यस्तै जिज्ञासा र प्रश्नहरु सदैव आफैले आफैलाई गरिरहेको हुन्थे । केही समय घोत्लिन्थ्ये अनि फेरि आनै नित्य दैनिकिमा व्यस्त हुन्थ्ये । सायद यो प्रश्नको जवाफ दिन म आफै सक्दिन थिए किनकी यो मेरो बशको विषय थिएन । यो प्रश्न राज्यलाई थियो । यो प्रश्न देशको बागडोर सम्हालिरहेकाहरुको लागि थियो । त्यसैले धैर्यतालाई बचाइराख्नु बाहेक अरु कुनै विकल्प नै बाँकी रहेन । म र म जस्तै सामाजिक अभियन्ताहरु निरन्तर धैर्यधारण गरिरहयौं । हामी मानवसेवा आश्रमको माध्यमबाट निरन्तर आफुले सकेको गरिरहेका थियौं । हामी देशलाई सहयोगापेक्षी बेसहारा सडकमानव रहित राष्ट्रकोरुपमा नेपालको पहिचान स्थापित गराउन चाहान्थ्यौं । सबैको लागि खाना, नाना र छाना भएको हेर्न चाहान्थ्यौं । मानवीय संवेदनासहितको समाज निर्माण भएको देख्न चाहान्थ्यौं तर आशातित सफलता हाँसिल हुन भने कठिन भइरहेको थियो । यद्यपि हालसम्म करिब २२०० बढी सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन गर्न सफल भएका छौं । सातै प्रदेशमा आश्रमका शाखा र उपशाखाहरुमार्फत सेवा सञ्चालन भैरहेको छ । 


धेरैको मुखबाट सकिदैन, हुँदैन, राज्यले गर्न नसकेको काम तिमिहरुले कसरी गर्न सक्छौं ? यस्तै जिज्ञासा र प्रश्नहरु हामीमाथि तेर्सिन्थे । कसैलाई आवाज निकालेरै उत्तर दिन्थ्यौं, कसैलाई मनमनै ः आखिर राज्य भनेको को हो ? के हामी राज्यको एक महत्वपुर्ण अंग होइनौ ? अनि के राज्यले गर्न नसकेकै वा नचाहेकै हो त ? के देशभर रहेका करिब ३५०० सडकमानवहरु पाल्न पनि सक्दैन मेरो देश ? तीन करोड परोपकारी मन भएका नेपालीहरुले बसोबास गर्ने देव भूमिमा, संसारलाई नै परोपकार र अहिंसाको सन्देश छर्न सफल भगवान बुद्धको देशमा जीवन र मृत्युको जोखिमका वीच सङ्घर्ष गरिरहेका सडकमानवहरुको व्यवस्थापन हुन साच्चै सक्दैन त ? हामी आफैँआफै बीच अनेकौँ पटक यस्ता प्रश्नहरुको ओहोरदोहोर गथ्र्यौ ।

 
हरेक कुराको समय आउँदो रहेछ । सदैव देखेको नदेखै गर्न राज्यले पनि नसक्दो रहेछ । लोक कल्याणकारी राज्यमा कुनैपनि नागरिक अनागरिक हुनु पर्दैन, अभिभावक विहिन हुनु पर्दैन, जसको कोही हुँदैन उसको सरकार हुन्छ र हुनुपर्छ । यो नै लोक कल्याणकारी राज्यको पहिलो धर्म हो । यदि यो अवस्था बन्न सकेन भने त्यस्तो राज्यलाई आफू लोक कल्याणकारी राज्य हुँ भन्ने अधिकार हुँदैन । 


देशका कार्यकारी प्रमुखको विशेष दुत जानकारी विनै मानवसेवा आश्रममा, सबैलाई बनायो आश्चर्य चकित : 
बेलुकाको भोजनको समय थियो । सँगै खाना खान बसेको सहकर्मी भाईले सोध्यो दाई आज आश्रममा को आउनु भएको थियो तपाईले थाहा पाउँनु भयो ?े नेपाली चलचित्रका नायक त्यस दिन आश्रममा भोजन गराउन आउनुभएको थियो । मैले उहाँकै नाम लिए तर उसले राधिका शाक्य आमा भनेर मैले सोच्दै नसोचेको नाम उच्चारण ग¥यो । मेरो आँखा एक्कासी रसाए । यस्तो पनि दिन आउँछ भनेर मैले सोचेकै थिइन । मेरो गुरूले सदैव आश्चर्यले आनन्दलाई बढाउने र अपेक्षाले आनन्दलाई कम गराउने कुरा सुनाउनु हुन्थ्यो । यस्तै भयो । मेरो आँखा त्यही आश्चर्यले दिएको खुशीले रसाएको थियो ।
हामी निरन्तर एक बर्षदेखि देशका सम्माननीय प्रधानमन्त्रीज्युलाई भेटेर सडक मानवहरुको यथार्थ अवस्थाबारे जानकारी गराउन चाहान्थ्यौं र भ्याय सम्मको कसरत गरिरहेका थियौं । तर सम्भव भैरहेको थिएन । कसैले पनि प्रधानमन्त्रीसँग हामीलाई भेटाउन सकेनन्, चाहेनन् वा हाम्रो भेटको आवश्यकतालाई महशुस गर्न सकेनन् वा हामी आफै सम्बन्धित व्यक्ति सम्म पुग्न सकेनौं । तर यहि वीचमा प्रधानमन्त्रीको दुत बनेर उनकै अर्धाङ्गीनी राधिका शाक्यज्यु हामीवीच आउनुभयो । 

साच्चै उहाँले अभिभावक विहिन सडकमानवहरुको र अभियानमा संलग्न स्वयंसेवक अभियान्ताहरुको समेत अभिभावकत्व ग्रहण गर्नुभयो । हाम्रो मंगलमिलन भएको करिबकरिब ६ महिना भयो । हरेक हप्ता कम्तिमा एक पटक के के भइरहेको छ ? गारोसारो के छ ? फोन गरेरै सोध्नुहुन्छ । महिनामा एक पटक कुनै न कुनै बहानामा भेट भैरहेको छ । यसै बीचमा प्रधानमन्त्रीज्युसँग भएको अविस्मरणीय मंगलमिलन, मंगलमिलनको भोलिपल्टकै मन्त्रीपरिषद बैठकबाट सहयोगापेक्षीको सडकमानवहरुको पक्षमा भएको महत्वपुर्ण निर्णय र प्रधानमन्त्रीज्युले विभिन्न औपचारिक कार्यक्रमहरु र संसदभित्रै गर्नुभएको संबोधनमा पटक पटक देश बेसहारा सडकमानवमुक्त बन्ने, अव कसैलेपनि भोकै, नाङ्गै, जिङरिङ्ग भएर, फोहोरमा लत्पत्तिएर, भिख मागेर बस्न नपर्ने, राज्यले अभिभावकत्व दिने र आफ्नो सरकार उनीहरुकै लागि बनेको समेत बताउनुभयो । जसले हामीलाई अत्यन्त उत्साहित बनायो । मानवसेवा आश्रम भक्तपुर शाखाको समुद्घाटन समारोहको लागि हामीले गरेको निमन्त्रणालाई स्वीकार गरिदिनुभयो र जुन तरिकाले कार्यक्रममा हामीलाई उत्साहवद्र्धन गर्नुभयो त्यसले एक लोककल्याणकारी राज्यको कार्यकारी प्रमुखले निर्भाह गर्नुपर्ने भुमिका निर्भाह गर्नुभएको महशुस गरेका छौं । 


मानवकै भेषमा जन्मिएर पनि सामान्य मानिस सरहको जीवनयापन गर्न नपाएकाहरुको जीवन रक्षाको लागि देशको कार्यकारी प्रमुखबाट भएका पटक पटकको प्रतिवद्धता, सरकारको सम्पूर्ण तहको सरकार र निकायलाई यस सम्बन्धमा दिनुभएको निर्देशनले देशलाई नै बेसहारा रहित बनाउने उद्घोष अनि हामीले प्राप्त गरेको अभिभावकत्वले सामान्य अभिभाकत्वको अभावमा जीवन विताउनुपर्ने अवस्थाको अन्त्य हुने आशा जगाएको छ ।  


यस अघि मकवानपुर जिल्ला देशकै पहिलो सहयोगापेक्षी, बेसहारा सडकमानव रहित महानगर घोषणा भएको थियो । विभिन्न स्थानिय सरकार, प्रदेश सरकार र सरकारको विभिन्न निकायको सहयोग र अभिभावकत्व हामीले यस अघि पनि प्राप्त गर्दै आइरहेको थियौ र अहिले पनि प्राप्त गरिरहेका छौं । 
कुनैपनि बैदेशिक दातृ निकायको सहयोग नलिइ नेपाली परोपकारी मनहरूकै सहयोग र अभिभावकत्वमा सञ्चालन भैरहेको यस अभियानले नेपाल सरकारको अभिभावकत्व पाएपघि अव सबैमा के वि.स. २०८२ सम्म कुर्न पर्ला र ? भन्ने खालको जिज्ञासा र प्रश्नहरु उब्जीन थालेको छ । अनि हामी आफै पनि यसमा सहमत हुन थालेका छौं । 

यस अघि नै मकवानपुर जिल्ला बेसहारा सहयोगापेक्षी सडकमानवरहित देशकै पहिलो जिल्ला घोषणा भइसकेको छ । हिजो मात्र एक भव्य समारोहवीच भरतपुर महानगरपालिका सहयोगापेक्षी सडकमानव रहित महानगर घोषणा भएको छ । भरतपुर महानगर घोषणाका लागि भरतपुर महानगरपालिकाले खेलेको भुमिका र उसको नेतृत्वलाई जतिनै प्रशंसा गरेपनि कम हुँदैन । काठमाण्डौं महानगरपालिका पहिले नै घोषणा भइसक्नु पर्ने हो तर भौगोलिक संरचना र देशकै बेसहाराहरुको जम्माहुने ठाउँ भएकोले समय लागिरहेको छ ।

देशका अन्य महानगरहरु करिब करिब घोषणाको लागितयार भइसकेका छन् । सहयोगापेक्षी सडकमानव मुक्त भरतपुर महानगर घोषणा कार्यक्रममा अतिथी रहनुभएका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले अब वीरगञ्ज देस्रो सहयोगापेक्षी सडकमानव मुक्त महानगर बन्ने दावी समेत गर्नुभयो । बेसहारा सहयोगापेक्षी सडकमानवहरु रहित नेपाल अब धेरै टाढा र परको कुरा छैन । मात्रयसको लागि सबैको साथ, सहयोग, सद्भाव र अभिभावकत्व जरूरी रहेको छ ।