Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

News & Events


सडकमा एक समुह भोकै, नाङ्गै छाडेर देशलाई समृद्ध बनाउन सकिदैन : मा.मुख्य मन्त्री डोरमणि पौडेल

28th October, 2019

यस्तौ उहाँले मानवसेवा आश्रमले सबैखाले दुःख कष्टलाई अपनाएर देशलाई नै सहयोगापेक्षी सडकमानव रहित बनाउने सपना नदेखाएको भए, अभियान थालनी नगरेको भए हाम्रोपनि सहयोग रहदैन थियो, हामी कठैबरा सम्म भन्थ्यौ होला तर देशभर रहेका सहयोगापेक्षी सडकमानवहरूको व्यवस्थापन यति सहज हुने थिएन । उहाँले थप्नुभयो : – “अब तिनै तहको सरकार सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन गर्नबाट पन्छिन पाउँदैन । बाटो, ढल र सडक बनाएर मात्र सरकारको दायित्व पुरा नहुने हुन सक्दैन । सडकमा एक समुह भोकै, नाङ्गै छाडेर देशलाई समृद्ध बनाउन सकिदैन ।”

Read more
पाल्पाको सिद्धबाबा मन्दिर परिषरमा अब कोही बेसहारा हुनु नपर्ने, यसरी भयो घोषणा

14th October, 2019

५ नं. प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालज्युले आज यस्तो घोषणा गर्नु भएको हो । मन्दिर क्षेत्र बेसहारा रहित क्षेत्र घोषणा गराउन प्रदेश सरकारलाई मानवसेवा आश्रम, सिद्धबाबा मन्दिर विकास समिति र सिद्धबाबा धामले सघाएको छ । यस घोषणा पश्चात् मन्दिर क्षेत्रमा बाध्यता वा विवशताले माग्न बसेका वास्तविक सहयोगापेक्षीलाई मानवसेवा आश्रमले संरक्षण दिने छ ।

Read more
सांसद, मेयर, प्रजिअ र सुरक्षा निकायका प्रमुख रातको ११ बजे भरतपुरको सडकमा : तयारी सडकमानवमुक्त महानगर घोषणाको

14th October, 2019

उद्धार तथा अवस्था अध्ययनको क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माननीय प्रदेश सभा सदस्य विजय सुवेदी, महानगरपालिकाका प्रशासकिय प्रमुख नेत्र सुवेदी, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी प्रमुख दान बहादुर मल्ल, नेपाली सेनाका प्रमुख सेनानी विज्ञान खनाल, मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्ययक्ष रामजी अधिकारी, महासचिव शुशिला के.सी., आश्रमका अभिभावक तथा अभियान्ताहरुको उलेख्य सहभागिता रहेको थियो ।

Read more
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मानवसेवा आश्रम सम्मानित

1st October, 2019

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक विशेष समारोहवीच मानवसेवा आश्रमलाई सम्मान गर्नुभएको हो । जेष्ठ नागरिक दिवसको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र जेष्ठ नागरिक महासंघले संयुक्तरूपमा आयोजना गरेको समारोहमा मानवसेवा आश्रमलाई सम्मान गरिएको हो ।

Read more
मानवसेवा आश्रमलाई वर्डलिंकको दश लाख सहयोग, सबै शाखामा इन्टरनेट निशुल्क हुने

1st October, 2019

ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंक कम्युनिकेसन्सले मानवसेवा आश्रमलाई नगद रू. दश लाख रूपैया सहयोग गरेको छ । कम्पनी २४ बर्ष पुरा गरी २५ बर्ष लागेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराइएको हो ।

Read more
डागर स्मृति सामाजसेवा पुरस्कार मानवसेवा आश्रमलाई

5th September, 2019

डागर स्मृति प्रतिष्ठानको चौथो साधरण सभाको अवसरमा आश्रमलाई पुरस्कार समर्पण गरेको हो ।

Read more
महानगरद्वारा मानवसेवालाई गाडी सहयोग

3rd September, 2019

काठमाण्डौं महानगर क्षेत्रभित्र खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापनको लागि काठमाण्डौं महानगरपालिकाले मानवसेवा आश्रमलाई सवारी साधन हस्तान्तरण गरेको छ ।

Read more
पोखरामा आमा सेमिनार

3rd September, 2019

कसैलेपनि घरपरिवारबाट परित्यक्त भई सडकमा कष्टपुर्ण जीवन विताउन नपर्ने अवस्थाको निर्माणका लागि सहयोग पुर्याउन आमा सेमिनारको आयोजना गरिएको मानवसेवा आश्रम गण्डकी प्रदेश संयोजक होमनाथ तिमल्सिना बताउनुहुन्छ ।

Read more
मुख्य कार्यालय मकवानपुर हेटौंडाको भवननिर्माण अन्तिम चरणमा

3rd September, 2019

आश्रमको मुल घर, भान्सा तथा डाइनिङ, विशेष स्याहार कक्ष, मनोरन्जन तथा कार्यक्रम कक्ष लगाएतको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

Read more
प्र.जि.अ. आस्मान तामाङज्यूको बधाई तथा विदाई कार्यक्रम - मकवानपुर

2nd September, 2019

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ सरूवा भई धाधिङ जानुहुने भएपछि आश्रमले एक बधाई तथा विदाई कार्यक्रम नै आयोजन गरि उहाँलाई विदाई गरेको हो ।

Read more
पुर्व नासु मनोहर २५ बर्षदेखी सडकजीवन जीउँदै , उद्धार गरी वडाअध्यक्षले आफै पुर्याए मानवसेवा आश्रम

2nd August, 2019

पढाइमा अब्बल दर्जाका मानिने मनोहरले वि.ए.सी. सम्मको अध्ययन गरेको वडा सदस्य मिना सिंह प्रजापति बताउनुहुन्छ । उनकै समयमा वि.एस.सी गरेकाहरु अहिले कुन तहमा होलान् हामी अनुमान लगाउन सक्छौं ।

Read more
मानवताको संदेश लिएर मानवसेवी अभियान्ता रामजी अधिकारी बेलायत जाँदै, बेसहारा रहित नेपाल निर्माण गर्ने अभियानलाई सघाउछु– समाजसेवी सुनिल खड्का

31st July, 2019

यसपालिको बेलायत यात्राको क्रममा उहाँले बेलायतबासी नेपालीहरुको माझमा मानवता प्रवद्र्धन, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन लगायतका विषयहरुमा विभिन्न स्थानमा आयोजना हुने उत्प्रेरणात्मक एवं जीवनरुपान्तरण कार्यक्रमहरुको सहजीकरण गर्नुहुने बताइएको छ ।

Read more
मानवसेवी अभियान्ता सरु अधिकारी युवा प्रतिभा पुरस्कारबाट सम्मानित

24th July, 2019

मानवसेवा आश्रम मार्फत दिन दुखी र असहायको सेवामा समर्पित भई मानवीय सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई मुल्यांकन गर्दै अभियान्ता सरु अधिकारीलाई सम्मान गरिएको हो ।

Read more
सामाजिक विकास मन्त्रालयको सचिव कृष्ण प्रसाद ज्ञावली सहयोगापेक्षी सडकमानवको उद्धारको क्रममा

23rd July, 2019

आफ्नै गाडीमा राखेर आश्रमसम्म उद्धार गरी ल्याइदिनुभएका सचिव कृष्ण प्रसाद ज्ञावलीज्युले फेरी फेरी यस किसिमको सडकमानवहरुको उद्धार गर्नुपर्ने भएमा आफुलाई फोन गर्न भन्नुभएको छ । आफ्नो गाडी कार्यालय जादा र आउँदा मात्र प्रयोग भएकोले दिउँसको समयमा उद्धार गर्नुपर्ने भएमा मेरो गाडी प्रयोग गर्न सक्नुहुन्छ । सचिव ज्ञावली बताउनुहुन्छ । दिन दुखि र असहायको उद्धारमा खाली समयमा गाडी प्रयोग भए त्यसले आफुलाई सन्तोष मिल्ने सचिव ज्ञवालीको भनाई रहेको छ ।

Read more
नेपाली छोरा लिएर फर्किन् वंगलादेशी महिला साहिल खातुन : सुन्दर पारिवारीक पुनर्मिलन

22nd July, 2019

यस अघिपनि काठमाण्डौंको महाराजगंजमा बर्षैदेखी मनोरोगी बनेर बसेकी महिलालाई उपचार गरि दुतावास मार्फत घर फर्काएको अनुभव मानवसेवा आश्रमसँग थियो । त्यहि अनुभव यस पटक साहिलको पारिवारीक पुनर्मिलनका लागि प्रयोगमा आयो । मानवसेवा आश्रमका प्रदेश २ प्रमुख देवेश गुप्ताले दुतावाससँग सम्पर्क गरेर साहिल खातुनको बारेमा जानकारी गराए । दुतावासेले कागजपत्र माग्यो र उनलाई स्वदेश फर्काउन आश्रम सफल रहयो ।

Read more
मानवता प्रवद्र्धनका लागि मानवसेवी अभियान्ता रामजी अधिकारी कतारमा, आश्रमको अक्षयकोष स्थापना गरिने

18th July, 2019

जुलाई १९ मा दोहाको नाम्जास्थित शालिमार पार्टिप्यालेसमा गोरखा सेवा समाजले आयोजना गर्ने सकारात्मक सोच रचनात्मक जीवन विषयक कार्यक्रमलाई उहाँले सहजीकरण गर्नुहुने छ भने ७ दिनको बसाइको क्रममा उहाँले अन्य विभिन्न मानवता प्रवद्र्धन एवं सकारात्मक जीवशैली निर्माण कार्यक्रमलाई सहजीकरण गर्नुहुनेछ ।

Read more
रोटरी क्लव अफ पोखरा अन्नपुर्णको पदस्थापना कार्यक्रममा मानवसेवा आश्रम सम्मानित

14th July, 2019

सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि एवं ४ नं. प्रदेश सरकारका माननीय मुख्य मन्त्री पृथी सुब्बा गुरुङज्यु र रोटरी क्लव अफ अन्नपुर्णका बर्ष २०१८/१९ का अध्यक्ष रो. शुरेश कुमार ध्वजज्युले आश्रमका ४ नं. प्रदेश संयोजक होमनाथ तिमल्सिनाज्युलाई हस्तान्तरण गर्नुभएको थियो ।

Read more
थाइल्याडकी बडामहारानीको जन्मदिन मानवसेवा आश्रममा, दुतावासले गर्यो यस्तो सहयोग ।

3rd June, 2019

थाइल्याण्डकी बडामहारानी सुथिदा बज्रसुधाविमलालक्षणको जन्मदिन थाई दुतावासले मानवसेवा आश्रमलाई सहयोग गरेर मनाएको छ ।

Read more
धनगढी सडकपेटीबाट एक मनोरोगी युवाको उद्धार

3rd June, 2019

उनलाई मानवसेवा आश्रमको सुदुरपश्चिम प्रदेश शाखा कैलालीले उद्धार गरि संरक्षणमा लिएको हो । स्वास्थ्य उपचार पश्चात् परिवार खोजेर पारिवारीक पुनर्मिलन गराइने मानवसेवा आश्रमका कैलाली जिल्ला संयोजक आदर्श ढकाल बताउछन् ।

Read more
२५ बर्षपछि सांलोमुक्त बने मेघबहादुर: मानवसेवा आश्रम ५ नं. प्रदेश शाखाले दियो संरक्षण

3rd June, 2019

कान्तिपुर दैनिकमा २५ बर्षदेखी साङ्लोमा भन्ने शिर्षक मार्फत मेघराजको कहालीलाग्दो जीवन बाहिर आएपछि मानवसेवा आश्रमले उद्धारको लागि पहल थालेको थियो ।

Read more
सामाजिक अभियान्ता रामजी अधिकारी १ नं. प्रदेश आउँदै, एक महिनाभित्रै मानवसेवा आश्रम प्रदेश शाखा सञ्चालनमा ल्याइने

30th May, 2019

सामाजिक अभियान्ता रामजी अधिकारी मानवसेवा आश्रम १ नं. प्रदेश शाखा सञ्चालनका लागि विराटनगर आउने भएका छन् । अधिकारी खुला आकाशमूनी रात विताउन विवश बेसहारा तथा परित्यक्त सहयोगापेक्षी सडकमानव रहित राष्ट्र निर्माणको लक्ष्य राखी देशव्यापीरुपमा सेवा सञ्चालन गर्दै आइरहको मानवसेवा आश्रमका परिकल्पनाकार तथा केन्द्रिय संस्थापक अध्यक्ष हुन् ।

Read more
बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित, थैली मानवसेवा आश्रमलाई

29th May, 2019

मानवसेवा आश्रमले देशव्यापीरुपमा सञ्चालन गर्दै आइरहेको मानवीय सेवाको कार्यलाई सहयोग पुगोस् भन्ने मनसायले सम्मान राशी आश्रमलाई हस्तान्तरण गरिएको कलाकार मदनकृष्ण श्रेष्ठले बताउनुभयो ।

Read more
गणतन्त्र दिवस मनाउन प्रदेश सरकार मानवसेवा आश्रममाः ९० जना बेसहाराको स्वास्थ्य परिक्षण

29th May, 2019

स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव सेवन आश्रमलाई सहयोग गर्नु सरकारको पनि दायित्व रहेको र कुनै न कुनै तरिकाले नीति तथा कार्यक्रममा समेट्ने बताउनुभयो । मानव सेवा आश्रमको कामलाई आफूले सम्मान तथा समर्थन गर्ने पनि उनले जनाउनुभयो ।

Read more
मानवसेवा आश्रम ५ नं. प्रदेश शाखा समुद्घाटन, बेसहारा रहित प्रदेश बनाउछौं, मन्त्री बराल

25th May, 2019

सहयोगापेक्षी सडकमानव रहित प्रदेश निर्माणका लागि मानवसेवा आश्रमको अहम भुमिका रहने बताउदै मन्त्री बरालले अव आश्रमको स्थायित्वको लागि संस्थाको आफ्नै संरचना निर्माण गर्न सबै जुट्नुपर्ने बताउनुभएको छ ।

Read more
बाँख्रा बाध्ने खोरबाट ११ बर्षिय मन्दिपको उद्धार, मानवसेवाले दियो संरक्षण

19th May, 2019

बुबाले नयाँ आमा पाए, आमाले नयाँ बाबा पाए तर मन्दिपले भने नयाँ आमा बाबा पाएनन् । शारिरीक रुपमा स्वस्थ र राम्रो भएकै कारण मन्दिपको दाई मनोजलाई उनका काकाले हेरीदिएको भएपनि मन्दिपको भने अवस्था कहालीलाग्दो नै थियो ।

Read more
कृर्षि विकास बैंक केन्द्रिय पदाधिकारी मानवसेवा आश्रममा, पहिलो भेटमा एक लाख सहयोग ।

16th May, 2019

कृर्षि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय सहित केन्द्रिय टिमले मानवसेवा आश्रम मकवानपुरको अवलोकन गर्नुभएको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तरर्गत सहयोग एवं सहकार्यका लागि प्रमुख सहितको केन्द्रिय टोलिले मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुरको अवलोकन भ्रमण गर्नुभएको हो ।

Read more
मानवसेवा आश्रम सुदुरपश्चिम शाखाको समुद्घाटन, प्रदेशलाई एक बर्षभित्रै बेसहारा रहित बनाइने ।

14th May, 2019

मानवसेवा आश्रमकै प्रेरणाको कारण अफु निर्वाचित भएलगतै धनगढीलाई मानवीयताको शहर बनाउने निर्णय उपमहानगरपालिकाले गरेको बताउदै आश्रमको सदुरपश्चिम प्रदेश शाखा विस्तार हुनुले मानवताको क्षेत्रमा थप योगदान पुगेको नगर प्रमुख वर्डज्युले बताउनुभयो ।

Read more
मानवसेवा आश्रम सुदुर पश्चिम शाखाको औपचारिक समुद्घाटन बैशाख ३१ गते हुने

7th May, 2019

हाल देशभर १२ जिल्लमा १४ ओटा शाखाहरु सञ्चालनमा ल्याएको मानवसेवा आश्रमले ८०० जना खुला आकाशमुनी रात विताउन विवश घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मानवहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।७०० बढीलाई सुधारपश्चात् पारिवारीक पुनर्मिलन गराइएको छ ।

Read more
डोटीमा फेला परेकी वेवारिस मनोरोगी महिलालाई मानवसेवा आश्रमको संरक्षण : प्रदेश शाखा कैलाली

4th May, 2019

४४ बर्षीय छाँया सिंह बोगटी घर कहाँ भनेर साध्दा, उ पर, तलतिर, माथि, अलि अगाडी जस्ता उत्तरहरु दिन्छिन् । श्रीमान्ले छाडेको र घर परिवार आफन्त कोहीपनि नभएको बताउने छायाँलाई १ महिनादेखी डोटीमा वेवारीसे अवस्थामा देखिने गरेकी स्थानियहरु बताउछन् ।

Read more
कैलालीको सडकपेटीबाट एक मनोरोगीको उद्धार

2nd May, 2019

लालपुर घर बताएपनि परिवारबारे कुनै जानकारी हालसम्म खुलेको छैन । उनी आफ्नो नाम पदम दमाई भएको बताउछन् ।

Read more
मानवसेवा आश्रम कैलली शाखाद्वारा ३ बेसहारा सहयोगापेक्षी सडकमानवको उद्दार

29th April, 2019

करिब १५ बर्षदेखी कञ्चनपुरमा रिक्सा चलाउदै आइरहेका मोहन दमाईको करिब ७ वर्ष अघि कम्मरको हड्डी भाचिएपछि उनी आफै पालिन नसक्ने भएका थिए । परिवारको अन्य कुनैपनि सदस्यहरु नभएकोले बजार क्षेत्रमा बैशाखीको साहाराले घिस्रदै बाटो हिड्ने बटुवाको दया मायाको कारण जीवन जसोतसो चलाउदै आइरहेका थिए ।

Read more
बर्षैदेखी मनोरोगी बनेकी लक्ष्मी घर्तिलाई मानवसेवाले गर्यो उद्धार : कैलाली

26th April, 2019

४५ बर्षीय लक्ष्मी घर्ति कहिलेदेखी मनोरोगी बनिन् कसैलाई पनि थाहा छैन । उनका श्रीमान् ६५ बर्षका हुँदा लक्ष्मी भने भरखर २० बर्षकी मात्र थिइन् । भएका दुई छोरा र मनोरोगी श्रीमती हेर्नपर्ने श्रीमान् आफैँ ८५ बर्षको उमेरमा एक बर्ष पहिले आत्महत्या गरे ।

Read more
२० बर्षदेखी कहालीलाग्दो जीवन बिताईरहेका सन्तोषको मानवसेवाले गर्यो उद्धार: कैलाली

25th April, 2019

सन्तोषले कक्षा १० सम्मको अध्ययन पुरा गरेका छन् । बाल्यकालमा उनको पढाई पनि राम्रै थियो, बानी व्यवहार सबैले मन पराउँथे तर अहिले उसको यो हाल देखेर मन खिन्न हुन्छ, छिमेकीहरुले मानवसेवा आश्रमको उद्दार टोलीलाई सुनाए ।

Read more
मानवता जागरणका लागि मानवसेवी अभियान्ता रामजी अधिकारी बागलुङमा

8th April, 2019

मानव हुनका लागि उसभित्र मानवता जागेको हुनुपर्छ, र मानवता नै उसको पहिलो धर्म हो भन्ने विश्वास राख्ने मानवसेवी अभियान्ता रामजी अधिकारी यतिखेर बागलुङको विभिन्न स्थानमा पुगेर मानवता जगाउन उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

Read more
आश्रित नै आश्रमलाई स्वावलम्बी बनाउन कृषि कर्ममा...(भिडीयो सहित)

7th April, 2019

हरेकदिन जसो आफ्नै बारिमा फलेको कुरिलो टिपेर ख्वाउन पाइएको छ, मौसमी तरकारीहरू पनि हुन्छ । आँप, लिचि, रुख कटहर र मेवामा फुल खेलिइरहेका छन् । आवश्यक तरकारीको विउँ जमाउन तथा आश्रम परिषरलाई हराबरा बनाउन आश्रममै नर्सरी सञ्चालनमा ल्याइएको छ, आश्रमका मकवानपुर जिल्ला संयोजक उमा भण्डारी बताउनुहुन्छ ।

Read more
देव विकास बैंकद्वारा मानवसेवा आश्रम बुटवलाई ३ लाख सहयोग

6th April, 2019

कार्यक्रममा बोल्दै देव विकास बैंकका नायव कार्यकारी अधिकृत लक्ष्मी सापकोटाले मानवसेवा आश्रमले गरिरहेको सेवाको प्रशंसा गर्दै बैंकले उपयुक्त स्थानमा सामाजिक उत्तरदायित्वको बहन गर्न पाएकोमा सन्तोषको व्यक्त गर्नुभएको थियो ।

Read more
प्रधानमन्त्री पत्नी राधिका शाक्य बिना खबर मानवसेवा आश्रम सामाखुशीमा

5th April, 2019

केही थोरै सहयोग गर्ने इच्छा छ कसरी गर्ने भनेर उहाँले सोध्नुभयो, हामीले सहयोग रसिद काट्नेबेलामा नाम सोध्यौं उहाँले राधिका शाक्य भन्नुभयो, म अल्मल्लिय । त्यसपछि बल्ल उहाँले आफु प्रम ओलीको श्रीमती भएको बताउनुभयो आश्रमकी कार्यालय सचिव सविता बताउछिन् ।

Read more
मानवसेवा संसारकै उत्कृष्ट कार्य: सामाजिक विकास मन्त्री दल बहादुर रावल

5th April, 2019

सडकमा कष्टपुर्ण जीवनयापन गर्न बाध्य भएका बेसहाराहरुलाई यसरी व्यवस्थित रुपमा राखेको पाउँदा पाउँदा आफु अत्यन्त खुशी भएको भन्दै उहाँले आश्रमलाई सदैव सामाजिक विकास मन्त्रालयको अभिभावकत्व रहेन बताउनु भएको छ ।

Read more
प्रहरी उपरिक्षकमा बढुवा भएको खुशीयाली मानवसेवा आश्रममा

5th April, 2019

अझैं १३ बर्ष शशस्त्र प्रहरीमा सेवा अवधि रहदा रहदै उपरिक्षक बन्नुभएका नेत्र बहादुर कार्कीलाई सुन्दर भविष्यको लागि मानवसेवा आश्रमका अभिभावक सुवर्णलाल चित्रकारज्युले सम्पुर्ण आश्रम परिवारको तर्पबाट सुभभावना व्यक्त गर्नुभयो ।

Read more
परिवर्तन संविधानको पाना र राज्यव्यवस्थामा होइन, जनताको जीवनमा आउनुपर्छ

4th April, 2019

पुर्खाको वीरता योगदानको गित गाएर मात्र यो हामीले कल्पना गरेको राष्ट्र नेपाल बन्नेवाला छैन, तसर्थ आउनुहोस् सहकार्य गरौं ! संरसारलाई अहिंषा र परोपकारको संदेश छर्न सक्षम तपोभुमी, बुद्धभुमी, देवोभुमी नेपाल, संसारकै उदार र परोपकारी नेपालीहरूले बसोबास गर्ने विश्वकै स्वर्ग नेपाललाई कसैलेपनि एक गाँस भोजन अनि एकसरो कपडाको अभावमा जीवनको भित्र माग्न नपर्ने राष्ट्रको रुपमा विकास गरौं ।

Read more
मानवसेवा आश्रमको भवननिर्माणको लागि दुई करोड दश लाख एकहत्तर हजार

2nd April, 2019

हेटौंडा ९ लामसुरेधापमा २०७२ सालको भुकम्पपछि मानवसेवा आश्रमले आफ्नो मुख्य कार्यालयमको भवननिर्माणको शिलन्यास गरेको थियो । ५ करोड लागत अनुमान गरिएको २ तले भवनलाई तिन तलाको बनाइने भएको छ ।

Read more
मानवसेवा आश्रम पोखरा शाखाले गर्यो एक बर्षमा २५६ बेसहाराको उद्धार,आयव्याय सार्वजनिक

2nd April, 2019

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मानवसेवा आश्रमले गरिरहेको कार्यको खुलेर प्रशंसा गर्दै संस्थाले कार्यक्रम नै गरेर आयव्याय विवरण सहितको प्रगती प्रतिवेद पेश गरेको प्रती खुशी व्यक्त गरेको थियो । साथै मन्त्री बस्नेतले मानवसेवा आश्रमले थालेको मानवीय सेवाको कार्यमा प्रदेश सरकारको सहयोग सदैव रहने प्रतिवद्धता समेत गर्नुभएको छ ।

Read more
आज मानवसेवा आश्रम पोखरा शाखाले आफ्नो आय व्याय विवरण सहित प्रगति प्रतिवेदन सार्वजनिक गर्ने

31st March, 2019

गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री माननीय रामशरण बस्नेतज्युको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनज्यु, प्रदेश सभाका माननीयज्युहरु जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी,स्थानिय निकायका जनप्रतिनिधिहरु, आश्रमका अभिभावक, सहयोगी, सुभेच्छुकहरुको उपस्थितीमा हुने मानवसेवा आश्रम गण्डकी प्रदेश प्रमुख तथा केन्द्रिय कोषअध्यक्ष होमनाथ तिमल्सिनाले बताउनु भयो ।

Read more
कर्णाली प्रदेश सरकार र मानवसेवा आश्रमवीच सम्झौता

30th March, 2019

कर्णाली प्रदेश सरकार र मानवसेवा आश्रमवीच सम्झौता भएको छ । घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षीहरुको जीवनरक्षाको लागि आश्रम र प्रदेश सरकारवीच सहकार्यको लागि सम्झौता भएको हो ।

Read more
पोखरामा बन्दै यस्तो मानवीयताको स्मारक, विश्वकै लागि अध्ययन केन्द्र बनाइने (भिडीयो सहित)

24th March, 2019

करिब एक अर्ब रुपैया अनुमानित लागत रहने यस भवन मानवता, परोपकार, सहिष्णुता र पुर्वीय दर्शनको अध्ययन गर्न चहानेहरुको लागि उपयुक्त थलो बन्ने र देशको आन्तरिक तथा वाह्य पर्यटन विकासमा समेत ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।

Read more
अन्तराष्ट्रिय सामाजिक सेवा दिवसको अवसरमा मानवसेवा आश्रम सम्मानित

22nd March, 2019

आश्रमलाई नेपाली पहिलो सि.एन.एन. हिरो तथा ३ नं. प्रदेश प्रमुख अनुराधार कोइरालाज्युले चैत्र ८ गते शुक्रबार सम्मान गर्नुभएको हो ।

Read more
दुई दशक बढी सडकजीवन विताएका खुकुलालको मानवसेवाले गर्यो उद्धार(भिडीयो सहित)

16th March, 2019

रातको एघार बजे आश्रमको टोली उद्धारको लागि सिनामंगल पुग्दा पेटीमै सुतिरहेका थिए खकुलाल महर्जन । दुईओटा कुकुर उनीसँगै सुतिरहेको थिए । सम्पपत्तिको नाममा कसैले दिएको तिनचार ओटा केरा, आदि पोका पाउरोटी र केही ठूला साइजका कपडाहरु ८० बर्षे बृद्धको साथमा भेटिए । स्थानिय ट्याक्सी ड्राइभरले आफुले १० बर्षदेखी त्यहि ठाउँमा बृद्धलाई पेटीमै सुत्ने गरेको देखेको बताए ।

Read more
बेसहाराको सारथी बनिन् लक्ष्मी श्रेष्ठ, एक असहायको अभिभावकत्व ग्रहण ​

16th March, 2019

मानवसेवा आश्रमको एक जना बेसहाराहरुको न्युनतम मासिक खर्च ५,०००/– (मासिक पाँच हजार रुपैया) लाग्ने गर्छ । हाल देशभर नै बेसहारा सडकमानवहरुको अवस्था हेर्ने हो भने करिब ३५०० जनाको लागि लक्ष्मी श्रेष्ठ जस्तै अभिभावकत्व लिने महानुभावहरु बनाउन सके बेसहारा रहित नेपाल निर्माण ठूलो कुरा हुने छैन ।

Read more
काठमाण्डौंको सडकपेटीबाट उद्धार गरि बंगलादेश एयरलायन्समार्फत पारिवारीक पुनर्मिलन

14th March, 2019

उनी आज बंलादेश एरलाइन्सको विमान चढी १ बजेकाठमाण्डौंबाट ढाका उढेकी उढिन् । आठ बर्षदेखी बेपत्ता भएकी विलकिश भेटीने आशा समेत गुमाइसकेका परिवारजनले आज अत्यन्त हर्षित भै विलकिशलाई विमानस्थलबाट शकुशल बुझेका छन् ।

Read more
हेटौंडामा अनुष्ठान रौनक: महजोडीले दिए दुई लाख, बरिष्ठ समाजसेवी जोशी र टण्डनको दश दश लाख

1st March, 2019

विशेष झाँकीहरु र बरिष्ठ कलाकारहरुको हरेकदिन आकर्षण रहेको यस अनुष्ठानमा १७ गते निखिल उप्रेती, १८ गते मनोज गजुरेल १९ गते दिपा श्री निरौला र सुमन गिरी र २० गते शिवहरी पौडेल र किरण के.सी. आउने तय भएको छ ।

Read more
१२ बर्षपछि थोत्रो त्रिपालमुनीको कष्टपूर्ण जीवनबाट उन्मुक्ति पाए श्रवण लक्ष्मीले

17th February, 2019

जाइन्ट ट्युमरको कारण क्यान्सर भएकी लक्ष्मी प्यारालाइसिसको समेत सिकार भएकी थिइन । दिसापिसावको सरसफाई प्याड समेत अरुले नै परिवर्तन गराइदिनुपर्ने लक्ष्मीको जीवन कथा अनलाईन खबरमा छापिएपछि मानवसेवा आश्रमले उद्दारको लागि पहल गरेको थियो ।

Read more
पाँचरुपैया अभियानबाट आश्रमलाई ६०,०६०/– सहयोग

9th February, 2019

दिनेलाई पाँचरुपैया जस्तो मात्र भएपनि आश्रमको लागि भने पाँचरुपैया अभियान नियमित श्रोत बनेको छ । पाँच रुपैया अभियानमै कयौं उदारमना सहयोगी महानुभावहरुले स्वेच्छिक सहयोगहरुपनि गरिरहेको कारण पाँचरुपैया अभियान अन्य सहयोग जुट्ने माध्यम समेत बनेको छ ।

Read more
मेरीबास्सैका बल्छिध्रुबे जन्मदिन मनाउन मानवसेवा आश्रममा

7th February, 2019

बर्षदिनभरी आफ्नो लागि मेहनत गरिन्छ । कम्तिमा बर्षभरी गरेको मेहनतबाट यस किसिमका मानवीय कार्यमा सरीक भएर असाहयहरुको सेवा गर्दा मनमा आनन्द मिल्ने भन्दै आगामी दिनहरुमा समेत आफ्नो सहयोग रहने उहाँले प्रतिज्ञा गर्नुभएको छ ।

Read more
वेसहाराको अभिभावकत्व लिन्छौं, मेयर चिरीबाबु महर्जन

6th February, 2019

कार्यक्रममा बोल्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताले तिरेको करबाट सञ्चालन हुने सरकारले जीवन नै जोखिममा परेका मानवहरुको समेत संरक्षण गर्न सकेन भने पाप लाग्ने भन्दै सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापनका लागि आफु अत्यन्त जिम्मेवार रहेको बताउनु भएको छ ।

Read more
अनुष्ठानलाई सफल पार्न काठमाण्डौंमा स्नेहमिलन

2nd February, 2019

मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुर हेटौंडाको भवननिर्माणलाई सम्पन्न गरि गृह प्रवेश गराउन आवश्यक दुई करोड रुपैया र दश करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य आश्रमले लिएको छ । भवन निर्माण कार्यको सम्पनतापश्चात् उक्त भवनमा ३०० जना सहयोगापेक्षी मानवहरुले सेवा पाउनेछन् । मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान यही फागुन १३ गतेदेखी २० गतेसम्म मकवानपुर हेटौंडामा हुँदैछ ।

Read more
मुख्यमन्त्री मेहन्द्र बहादुर शाहीद्वारा मानवसेवा आश्रम कर्णाली प्रदेश शाखाको उद्घाटन्, असाहय सडकमानवले सहारा पाउने

1st February, 2019

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहिले, हिजो भएका चिजहरु पनि भत्काइयो, समस्या रहेको राज्य व्यवस्था पनि भत्काइयो, यस्तो विषयमा ध्यानदिने समय थिएन र सकिएन पनि, अब भने हरेक समस्या समाधान गर्न सकिने अवस्था आएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “जीवन नै संकटमा परेका सडकमानवहरुको व्यवस्थापन सरकारको सबैभन्दा महत्पुर्ण जिम्मेवारी हो यसको नेतृत्व सरकारले लिनुपर्छ र लिन्छ पनि । यसको कार्यान्वयनको लागि मानवसेवा आश्रमलाई प्रदेश सरकारको अभिभावकत्व सदैव रहने छ ।”

Read more
मनोरोगी आमा, जसलाई सिङ्गो परिवारले छाड्यो

31st January, 2019

‘कोठामा पानीको थोपो छैन, पकाएर खुवाउने मान्छे नि छैन, त्यतिकै बस्छु’, अनायासै उनले कुराहरू सुनाउँदै गइन् । ‘ल जाम आमा अब हाम्रो घर’, मानवसेवा आश्रमकी अभियानकर्मी सन्तोषी मगरले भनिन्। ‘जान त जानी, मेरो सामानचाहिँ लानुपर्छ है’ उनले भनिन् । पिसाबले भिजेका सिरकडसना थियो । थोत्रो कपडामा थिइन् उनी । वर्षौसम्म ननुहाएका कारण कपाल गुजुल्टिएर डल्लो परेको थियो ।

Read more
मकवानपुर, चितवन र काठमाण्डौं तीन महिनाभित्रै सडकमानवमुक्त बन्ने

26th January, 2019

मकवानुपर, चितवन र काठमाण्डौंलाई खुला आकाशमुनी रात बिताउन विवश सहयोगापेक्षी मानवहरु (घरबार विहिन, वेसहारा, परित्यक्त एवं जीवन नै जोखिममा रहेका मानवहरु) रहित जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । मानवसेवा आश्रमले स्थानिय सरकार एवं अन्य विभिन्न सरकारी संघसंस्थाहरुको सहकार्यमा २०६९ सालदेखी यस अभियानलाई निरन्तर अघि बढाउदै आइरहेको छ ।

Read more
जि.स.स चितवनका सभापतिको आश्रम अवलोकन, नयाँ बर्षसँगै सडकमानवमुक्त जिल्ला चितवन घोषणा गरिने ।

22nd January, 2019

अवलोकनको क्रममा आश्रमका उहाँले आगमी नयाँ वर्षको अवसर पारेर चितवन जिल्लालाई सडकमानवमुक्त जिल्ला घोषणा गर्ने गरि प्रक्रिया अघि बढाइने जानकारी गराउनुभएकको छ । आश्रमका अभिभावक एवं समाजसेवी संगिता भट्टराईज्यूले उहाँलाई आश्रम भ्रमणको लागि प्रेरित गर्नुभएको हो ।

Read more
मानवसेवा आश्रमलाई श्रेष्ठ परिवारद्वारा बीस करोड बराबरको जग्गा दान, सामाजिक विकास मन्त्रीले युवराज दुलालले गरे गृहारम्भ

21st January, 2019

३ नं. प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री युवराज दुलालज्यूले मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माणको लागि ३ नं. प्रदेश सरकारको सहयोग रहने बताउनुभएको छ । मानवसेवा आश्रम चितवन शाखा आयोजना गरेको समारोहबीच भवननिर्माणकार्यको गृहारम्म गर्दै उहाँले मानवसेवा आश्रमको संरचनाहरु निर्माण गर्न ३ नं. प्रदेश सरकारको विशेष सहयोग रहने बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण लगाएतको व्यवस्थापन आश्रमले परोपकारी नेपाली मनहरुको स्वेच्छिक सहयोगबाट गरिरहेको छ, आश्रमको भौतिक संरचना निर्माणको लागि ३ नं. प्रदेश सरकारले सहयोग गर्नेछ ।”

Read more
बेवारिसको गृह प्रवेश, प्रदेशभरका बेसाहारालाई साहारा दिन बुटवलमा मानवसेवा आश्रमको प्रदेश शाखा विस्तार

22nd December, 2018

घरपरिवार तथा समाजबाटै परित्यक्तभई खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरुलाई आश्रममा गृहप्रवेश गराईएको छ । बुटवल उपमहानगरपालिकाका मेयर शिव राज सुवेदीज्यू, मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीज्यू, उपमेयर गुमा आचार्यज्यू लगाएत आश्रमका, अभियान्ता, अभिभावक सुभेच्छुक, सहयोगीहरुले लामो समयदेखी खुला आकाशमुनी नै रात बिताउन विवश सहयोगापेक्षी मानवहरुलाई मानवसेवा आश्रम बुटवल शाखामा प्रवेश गराउनुभएको हो ।

Read more
कर्णाली प्रदेश, मानवसेवा आश्रमको सेवा विस्तारको अन्तिम तयारी

3rd December, 2018

मानवसेवा आश्रमले सुदुर पश्चिमको कैलाली पश्चात् कर्णाली प्रदेशमा शाखा विस्तारको लागि तयारी सुरुवात गरेको छ। खुला आकाशमुनी कसैलेपनि कष्टपुर्ण जीवनयापन गर्न नपर्ने राष्ट्र निर्माणको लक्ष्य लिएको आश्रमले चैत्र मसान्तभित्र सातओटै प्रदेशमा शाखा विस्तार गर्ने योेजना बनाएको थियो । सोहि अनुसार एक महिनाभित्रै कर्णाली प्रदेशमा र चैत्र मसान्तभित्र १ नं. प्रदेशमा मानवसेवा आश्रमले आफ्नो शाखा विस्तार गर्नेछ ।

Read more
मानवसेवा आश्रमलाइ बलराम जोशी ज्ञान विज्ञान प्रतिष्ठान, चन्द्रकुमारी हिमालयराज स्मृति पुरस्कार

28th June, 2018

मानवसेवा आश्रमलाई डा. बलराम जोशी ज्ञान विज्ञान प्रतिष्ठान, चन्द्रकुमारी हिमालयराज स्मृती पुरस्कार २०७५ प्राप्त भएको छ । स्व. बलराम जाेशीका अर्द्धाङ्गंनी तथा बलराम जोशी ज्ञान विज्ञान प्रतिष्ठानका संस्थापक अध्यक्ष अगुंरबाबा जोशीज्यूले नगद रु. २५,०००/–को थैली सहितको पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

Read more
सामाजिक अभियन्ता तयार पार्न १३ दिने ज्ञानहस्तान्तरण कार्यक्रम सम्पन्न

24th June, 2018

राष्ट्रिय युवा परीषद, सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन र मानवसेवा आश्रमको आयोजनामा सामाजिक अभियान्ता तयार पार्न १३ दिने आवासिय ज्ञान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा,गोरखा,लमजुङ,बाग्लुङ,हेटौडा,चितवन,काठमाण्डौ,ललितपुर, नवलपरासी, रुपन्देही,सुर्खेत लगायत ११ जिल्ला बाट ६५ जना युवाहरुको सहभागीता रहेको थियो ।

Read more
मानवसेवा आश्रम र राष्ट्रिय युवा परिषदबीच सहकार्य

16th June, 2018

सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलन कार्यको लागि मानवसेवा आश्रम र राष्ट्रिय युवा परिषद बीच सम्झौता भएको छ । सम्झौता अनुसार सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी युवाहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलन मानवसेवा आश्रमको गराउने छ भने उनीहरुको पालनपोषण बापतको केही रकम मासिक रुपमा प्रति व्यक्तिका दरले राष्टिय युवा परिषदले उपलब्ध गराउने छ ।

Read more
ज्ञान हस्तान्तरण कार्यक्रम २०७५ पोखरामा सुभारम्भ

15th June, 2018

युवाहरुमा सकारात्मक सोचको प्रवद्र्धन, युवाहरुमा निहित क्षमताको प्रष्फुटन गराई नेपालमै सम्भव छ भन्ने भावनाको विकास गराउने तथा चरित्रवान एवं आत्मसंयमित युवाहरु निर्माण गरि सामाजिक अभियन्ता तयार पार्ने उद्देश्यले देशभरबाट ८० जना युवाहरु सहभागी गराइएको छ ।

Read more
माननीय अर्थमन्त्री डा. युवरारज खतिवडाज्यूद्वारा मानवसेवा आश्रमको अवलोकन

9th June, 2018

उहाँले आश्रमको अवलोकन भ्रमण सँगै आश्रममा सेवा लिइरहेका आमाबुबाहरुको लागि भोजन समेत वितरण गर्नुभएको थियो । माननीय मन्त्री खतिवडालाई मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनज्यूले आश्रममा स्वागत गर्नुभएको थियो । आश्रमको अवलोकन भ्रमणपश्चात् मन्त्री खतिवडाले सरकार तपाईहरुको साथमा रहने भन्दै आश्रमको प्रशंसा गर्नुभएको थियो ।

Read more
श्रीमतीको ४५ दिनको तिथिमा मानवसेवा आश्रममा भोजनसेवा

18th May, 2018

साथी हरिवंश आचार्य, छोरा मयन श्रेष्ठ, बुहारी रिंकु श्रेष्ठ बज्रचार्यको साथमा आई उहाँले स्व. श्रीमतीको बैकुण्ठबासको लागि प्रार्थना गरि आश्रमका लक्ष्मीनारायणहरुलाई भोजनसेवा गराउनु भएको हो ।

Read more
एकैदिन २७ जनाले पाए नयाँ जीवन

16th January, 2018

पशुपति क्षेत्रमा गाई पाल्नेले दिएको एउटा ब्ल्याङ्केट आधा ओछ्याउने र आधा ओढेर दुई हिउँद बिताए उनले। त्यसबाट पनि उनले सुख पाएनन्, कुकुरले उनको दाहिने खुट्टा टोकिदियो। न उनले हर्नियाको उपचार गरे न कुकुरले टोकेपछि भनेजस्तो उपचार हुन सक्यो। ‘मरे पनि मर्छु, केले उपचार गर्नु ? चार पैसा छैन’, भक्कानिँदै उनले थपे, ‘जति सकेको उपचार गर्छु भनेर मागेको पैसा ६ सय बचाएको थिएँ, सुतेकै ठाउँमा लुटिदिए। उल्टै अनुहारै बिगार्ने गरी कुटे।’

Read more
पशुपति मन्दिर परिषरबाट १५ जना सहयोगापेक्षी मानवहरुको उद्धार

-

मानवसेवा आश्रम र पशुपति विकास कोषको संयुक्त प्रयासमा भएको पशुपति घोषण कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा आज मिति २०७५/०८/०७ गते पशुपति मन्दिर परिषरबाट १५ जनाको उद्धार गरिएको छ।

Read more
भौकै र नाङ्गै रहनु नपर्ने वडा घोषणा, हेटौंडा–९

-

हेटौंडा-०८, मंसिर २०७५, हेटौंडा उपमहानगरपालिका ९ नं. वडा कसैलेपनि भोकै र नाङ्गै रहनुनपर्ने वडा घोषणा भएको छ । मानवसेवा आश्रम र हेटौंडा उपमहानगरपालिका वृहत घोषणा कार्यक्रमको आयोजना गरि सहयोगापेक्षी सडकमानव मुक्त वडा घोषणा गरिएको हो ।

Read more
कालीकानगर सडकपेटीबाट एक मनोरोगी युवतीको उद्धार

-

गाढीमा ल्याएर कसैले छोडेको र ३ दिनदेखी वेवारिसेअवस्थामा आफुले देखेको स्थानिय एक आमाले बताउनुभयो । २० बर्षीय युवती यसरी सडकमा खुला आकाशमुनी रात बिताउन पर्ने बाध्यात्मक अवस्थामा हुँदा उसले अनेकौ र्दुव्यवहार र संघर्ष सहनुपर्ने भन्दै स्थानिय आमा आश्रममा खबर गर्न आइपुग्नुभएको थियो ।

Read more