Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

ज्ञान हस्तान्तरण कार्यक्रम २०७५ पोखरामा सुभारम्भ


सवोत्कृष्ट जीवन : शाश्वत चिन्तन अन्तर्गत सञ्चालित मानवसेवा आश्रम र राष्ट्रिय युवा परिषदको संयूक्त आयोजनामा ज्ञान हस्तान्तरण कार्यक्रम सुरुवात भएको हो । 
जेठ २९ गतेबाट सुभारम्भ भएको ज्ञान हस्तान्तरण कार्यक्रम  असार ९ गते सम्म सञ्चालन हुने छ ।

कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनज्यू, केन्द्रीय अध्यक्ष रामजी अधिकारी, जीवन प्रवन्धन प्रशिक्षक रमण नेपाली, कान्तिपुर टेलिभिजनका बरिष्ठ पत्रकार सुमन खरेल, स्वामी आनन्द अरूण, ब्रम्हकुमार विजय कुमार सिग्देल, डा. राजु अधिकारी, आचार्य लक्ष्मण भण्डारी लगाएतले गर्नुहुने छ । 
२०६६ सालदेखी निरन्तर हुँदै आइरहेको ज्ञान हस्तान्तरण कार्यक्रम यो ९ औं हो ।