बेवारिसको गृह प्रवेश, प्रदेशभरका बेसाहारालाई साहारा दिन बुटवलमा मानवसेवा आश्रमको प्रदेश शाखा विस्तार


घरपरिवार तथा समाजबाटै परित्यक्तभई खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरुलाई आश्रममा गृहप्रवेश गराईएको छ । बुटवल उपमहानगरपालिकाका मेयर शिव राज सुवेदी​ज्यू, मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीज्यू, उपमेयर गुमा आचार्य लगाएत आश्रमका, अभियान्ता, सुभेच्छुक, सहयोगी एवं अभिभावकज्यूहरुले लामो समयदेखी खुला आकाशमुनी नै रात बिताउन विवश सहयोगापेक्षी मानवहरुलाई मानवसेवा आश्रम बुटवल शाखामा प्रवेश गराउनुभएको हो । 

बुटवलको गोलपार्कमा विगत ४/५ बर्षदेखी बेवारिस भई कष्टपुर्ण जीवनयापन गरिरहेकी अन्दाजी ४२ बर्षीय मनोरोगी महिला र लामो समयदेखी बुटवल बसपार्क क्षेत्रमा दुवै खुट्टा घाउले भएको वेबारिसे बनेका अन्दाजी ३५ बर्षीय अपाङ्ग युवालाई मेयर सुवेदीले आश्रममा गृहप्रवेश गराउनुभएको हो । 


यस्तै शनिबार नै बुटवलका थप ५ जनाको उद्धार भएको छ । उद्धारको क्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले मानवसेवा आश्रमलाई बुटवल उपमहानगरपालिकाको विशेष अभिभावकत्व रहने प्रतिवद्धता जनाउदै बुद्धभुमिमा बेसाहारा बनेकाहरुको सहारा बन्न मानवसेवा आश्रमले चालेको कदम देशको संविधानले निर्देशित गरेको दिशातर्फ उन्मुख भएको बताउनु भएको छ । 


हाल मानवसेवा आश्रम ६ प्रदेशमा १२ जिल्लामा १४ स्थानमा सञ्चालित छ । यसै वर्षभित्र सातओटै प्रदेशमा आश्रमको सेवा विस्तार गरी धमाधम घरबार विहिन, वेरित्यक्त, वेसाहारा रहित क्षेत्र घोषणाका कार्यक्रमलाई तिव्र बनाइने बताउनुभयो । 
मकवानपुर जिल्लालाई माघको दोस्रो हप्ता सहयोगापेक्षी सडकमानवमुक्त जिल्ला घोषणा गर्ने तयारी मानवसेवा आश्रमले गरिरहेको छ ।