मानवसेवा आश्रमको सहयाेगार्थ भोलि बाग्लुङमा सांगीतिक साँझ हुँदै



भोलि भाग्लुङमा विशेष सांगितिक साँझको आयोजना हुने भएको छ । मानवसेवा आश्रमको सहयोगार्थ गलकोट युवा समूहको आयोजनामा ब्राउन आइज पाटी प्यालेस बाग्लुङमा सांगितिक साँझको आयोजना हुन लागेको हो ।

कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्युको विशेष प्रस्तुति रहने छ भने मानवसेवा आश्रमका समर्पित अभियान्ताहरुले नाटक मचन गर्ने मानवसेवा आश्रमकी केन्द्रीय सदस्य एवं बाग्लुङ जिल्ला संयोजक सुमिरा लामाले बताउनुभयो । 

सहयोगापेक्षी सडकमानव रहित नेपाल बनाउने उदेश्य सहित बाग्लुङ जिल्लालाई सडक मान्वामुकता बनाउनको लागि उक्त बिशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मानव सेवा आश्रमको पवित्रकर्ममा साथ दिन स्वःस्फुर्तरूपमा गलकोटका युवा सङ्गठित भएर सहयोगका लागि साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको गलकोट युथ ग्रुपका संयोजक प्रकाश कार्कीले जानकारी दिनुभयो । “मानव सेवा आश्रमलाई सहयोग गर्न एकदिने साङ्गीतिक साँझ गर्दैछौँ”, कार्कीले भन्नुभयो, “साङ्गीतिक साँझमा लाग्ने खर्च प्रायोजनबाट व्यवस्थापन गर्दैछौँ, टिकटमार्फत सङ्कलित सबै रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गर्नेछौँ ।”

सांगीतिक साँझमा बागलुङको गलकोट क्षेत्रबाट उदाएका चर्चित कलाकारहरु विष्णु खत्री, वसन्त थापा, श्रीकृष्ण बम मल्ल, थानेश्वर गौतम, ईश्वर सिंह, लक्ष्मी मल्ल, जीवन साहनीलगायतकाे प्रस्तुति रहनेछ । कलाकारहरूले निःशुल्क रूपमा प्रस्तुति दिनुहुनेछ  ।

कार्यक्रममा रु एक हजार र ५०० टिकटको व्यवस्था गरिएको छ ।