जन्मदिनमा मानवसेवा आश्रमलाई चर्चित नायक पल शाहको सहयोग


नेपाली म्युजिक क्षेत्र र फिल्मी क्षेत्रमा पछिल्लो समयमा चर्चाको शिखरमा पुगेका नायक पल शाहले जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गर्नुभएको छ ।

शनिबार अर्थात फागुन १० गते ३० बर्षमा पाइला टेकेका पलले जीवनका बिशेष अवसर सामाजिक कार्यक्रम गरेर र विभिन्न संघसंस्थालाई सहयोग गरेर मनाउदै आउनुभएको छ । 

पश्चिम नेपालको दाङ्ग जिल्लामा जन्मिएका पूर्ण बिक्रम शाह (पल शाह) सानै देखि फिल्मी क्षेत्रमा रुचि राख्नुहुन्थ्यो । २०६१ सालमा एसएलसी दिएपछि आफ्नो करियर खोज्दै काठमाण्डौ हानिनु भएका उहाँले आफुले संघर्ष गर्नेक्रममा कयौं रात भोकभोकै सुतेको पीडा स्मरण गर्नुभयो ।

समयको व्यस्तताको कारण मानवसेवा आश्रममा स्वयम् उपस्थित हुन नसकेका पलले केहि दिनमा नै मानवसेवा आश्रममा उपस्थित भएर सडकपेटी बाट उद्दार गरेर ल्याईएका आमा बुबाहरुसंगै खाना खाएर मनाउने प्रतिबद्दता ब्यक्त गर्नुभयो । उहाँले फ्यानमार्फत आश्रम संचालनको लागि सहयोग होस् भन्ने हेतुले नगद रु पच्चीस हजार रकम पठाउनु भएको छ ।