मानवसेवा आश्रमलाई राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलको स्नेह एवम प्रेरणा


मानवसेवा आश्रमको भक्तपुर शाखामा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल उपस्थित हुनुभएको छ । मानवसेवा आश्रम (मानवता प्रवर्दन महाअभियान) मा आज बिहानको खाजा सेवा आदरणीय अभिभावक ढुंगेल ज्युकै हातबाट गराईएको थियो ।

आदरणीय अभिभावक ढुंगेलज्युले मानवसेवा आश्रमको १४ औं शाखा भक्तुपर शाखाको अबलोकन साथै आश्रमको ७ प्रदेशमा संचालन गरिरहेको मानवसेवा आश्रम र मानवता प्रवर्द्दन महाअभियानको भईरहेको सेवा र भावी योजनाको बारेमा विचार विमर्श सम्पन्न भयो।

नेपाललाई बि.स. २०८२ सालभित्र सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र घोषणा गर्ने उदेश्य सहित अहिले मानवसेवा आश्रमको १४ जिल्लाको १९ स्थानमा मानवसेवा आश्रम संचालित छ । सबै शाखामा गरि अहिले ११ सय भन्दा धेरै आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरु आश्रममा आश्रित हुनुन्छ भने मानवसेवा आश्रमको भक्तपुर शाखामा ३९ जना व्यक्ति रहनुभएको छ ।