प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको आश्रम अवलोकन तथा उत्साहवर्धन


मानवसेवा आश्रमको भक्तपुर शाखामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले अवलोकन भ्रमण गर्नुभएको छ ।

भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी आदरणीय हुमकला पाण्डे र भक्तपुर जिल्ला प्रहरी प्रमुख सबिन प्रधानज्युले आश्रमका गरिमा लक्ष्मी नारायण र बालगोपालसंग परामर्श गर्नुभएको छ । उहाँहरुको हातबाट नै आज बिहानको भोजन सेवा गराईएको थियो ।

उहाँहरुले यस कार्यलाई रचनात्मक तरिकाबाट अगाडी बढाउन उत्साहवर्धन गर्दै आगामी दिनमा सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभयो । 

यस्तै काठमाण्डौ र भक्तपुर महानगरलाई सडकमानवमुक्त बनाउने  अभियानमा काठमाण्डौ महानगरबाट र  भक्तपुर महानगरबाट उद्दार गरिएका पाँचजना नारायणज्युहरु लाई परिवारमा फिर्ता पथाईएको छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले घर फर्किनुहुने पाँच जनालाई नै फूलमाला लगाएर बिदा गर्नुभयो ।

त्यस्तै मध्यपान र धुम्रपानको लतलागि सडक पेटीमा आउनुभएका नारायणहरुले आगामी दिनमा मध्यपान र धुम्रपान नगर्ने तथा नातिजामुलक कार्यमा लागि परिवारको रोहबरमा रहने प्रतिबद्दता ब्यक्त गर्नुभयो । 

नेपाललाई बि.स. २०८२ सालभित्र सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र घोषणा गर्ने उदेश्य सहित अहिले मानवसेवा आश्रमको १४ जिल्लाको १९ स्थानमा मानवसेवा आश्रम संचालित छ । सबै शाखामा गरि अहिले ११ सय भन्दा धेरै आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरु आश्रममा आश्रित हुनुन्छ भने मानवसेवा आश्रमको भक्तपुर शाखामा ३९ जना व्यक्ति रहनुभएको छ ।