हातखुट्टामा पट्टि बाँधेर असहाय भएको नाटक गर्दै पेशेवर मगन्ते (भिडियो सहित)


 

काठमाण्डौ महानगरपालिकाबाट पछिल्लो दुई दिनमा ३९ जनाको उद्दार गरिएको छ । काठमाण्डौ महानगरलाई सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणा अभियानबाट अहिलेसम्म ८०० जनाभन्दा बढीको उद्दार भईसकेको छ ।

बिहिबार दिउसो भएको सडकसेवा तथा सामुहिक उद्दार एवम् परामर्श कार्यक्रमबाट १६ जनाको उद्दार गरिएको थियो । संख्यामा थोरै देखिएपनि दिउसोको समयमा गरिएको यस किसिमको कार्यले वरिपरि रहेका अन्य व्यक्तिमा समेत सडक आश्रित व्यक्तिहरु भटिए सम्बन्धित निकायमा खबर गर्नुपर्छ भन्ने जिम्मेवारी बोध गराउन सफल भएको मानवसेवा आश्रमका केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीज्युले बताउनुभयो ।

उक्त दिन रत्नपार्क, पुरानो बसपार्क, शहिद गेट, आरएनएसी, मांकाल, जमल, दरबारमार्ग, ठमेल, लैनचौर हुँदै चक्रपथबाट चाबाहिलसम्म १३ पुरुष तथा ३ महिलाको उद्दार भएको थियो । जसमध्ये धेरै जना पेशेवर मगन्ते रहेका थिए । हातखुट्टामा पट्टि बाधेर बेसहारा, अशाहाय भएको नाटक गर्दै सडक पेटीमा माग्न बस्नेलाई बालुजु स्थित स्क्रिनिंग सेन्टर लगिएको छ । त्यहाँबाट घरपरिवारसंग सम्पर्क गरेर पुन: सडकमा नआउने प्रतिबद्दता गरेपछि घर पठाइनेछ ।

चक्रपथमा भेटिएका एकजना भारतीय नागरिक बताउने ति व्यक्तिले आफु हिड्डुल गर्न नसक्ने र आफ्नो सेवा आफैले गर्न नसक्ने बताएका थिए । तर आश्रमका समर्पित अभियान्ताहरुले संका लागेर पट्टि खोलेपछि उनि आफै उठेर भाग्न थालेपछि नेपाल प्रहरी र नगर प्रहरीको सहायत लिनुपरेको थियो ।

यस्तै शुक्रबार बिहान सम्पन्न कार्यक्रममा स्वम्भ्यु मन्दिरको क्षेत्रबाट २३ जनाको उद्दार गरिएको थियो । जसमध्ये ६ जना महिला र १७ जना पुरुष रहनुभएको थियो ।

काठमाण्डौ महानगरपालिकाको यस अभियानमा मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले सहकार्य गर्दै काठमाण्डौलाई सहयोगापेक्षी सडकमानव (असहाय, बेसहारा, अशक्त एवम् अभिभावक बिहिन) मुक्त अभियानमा अगाडी बढेको छ ।