निजामति सेवामा उत्कृस्ट, पुरस्कार राशि मानवसेवा आश्रमलाई : गृह प्रवक्ता केदारनाथ शर्मा


गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा नेपाल सरकारबाट सम्मानित हुनुभएको छ । निरन्तरको कार्यकौशलताको पर्याय उहाँलाई नेपाल सरकारले निजामति सेवामा उत्कृस्ट कर्मचारीको रुपमा सम्मान गरेको हो ।

उहाँले पुरस्कार बापत प्राप्त गर्नुभएको एकलाख रुपैयाँ मानवसेवा आश्रममा योगदान गर्नुभएको छ 

नेपाल सरकार सुरक्षा तथा समन्वय महाशाखामा सह सचिब समेत रहनुभएका शर्माज्यु मानवसेवा आश्रमका अभिभावक हुनुहुन्छ । मानवसेवा आश्रमलाई निरन्तर प्रेम गर्नुहुने उहाँले २०७४ साउन महिनामा काठमाण्डौ जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै आश्रमको सेवा कार्यलाई सहज होस् भनेर मासिक तिन हजार रुपैयाँ सहयोग गर्दै आउनु भएको छ । 

आफ्नो कार्य प्रति निष्ठावान रहँदै देशलाई बि स २०८२ सालसम्म सहयोगापेक्षी, बेसहारा, अशक्त, असहाय एवम् अभिभावकबिहिन सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने प्रतिबद्दतामा हातेमालो गर्नुभएकोमा  मानवसेवा आश्रम (मानवता प्रवर्दन महाअभियान) परिवार हार्दिक नमन गर्दछौं ।