"सडक र सार्वजनिक स्थलमा मागेर बस्नेलाई दान दिनु दीर्घकालीन समाधान होइन" - प्रहरी नायव उपरीक्षक


मानवसेवा आश्रम (मानवता प्रवर्दन महाअभियान) को सहकार्यमा काठमाण्डौ महानगरपालिकाले सहयोगापेक्षी सडकमानव मुक्त अभियान थालेको छ । 

काठमाण्डौ महानगरपालिकाको २५ औँ बार्षिकोत्सबको अवसरमा घोषित अभियानपछि सुरुवातको ३ महिनासम्म सडकमानवको उद्दार गरिनेछ । उद्दार पश्चात आवश्यक परामर्शपछि अवस्था पहिचान गरेर पारिवारिक पुनर्मिलन गरिनेछ । पारिवारिक पुनर्मिलन सम्भव नभएको अवस्थामा आश्रमको सेवामा सहजता प्रदान गर्नुहुनेछ ।

बि स २०८२ सालसम्ममा नेपाललाई सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र निर्माण र घोषणा गर्ने प्रतिबद्दता सहित बि स २०६९ सालमा स्थापना भएको मानवसेवा आश्रमको उदेश्यलाई पुरा गर्नको लागि काठमाण्डौ महानगरको यस अभियान र सहकार्यले धेरै ठुलो भूमिका खेल्नेछ । देशको राजधानी तथा नेपालको सबैभन्दा ठुलो शहर र सबैभन्दा धेरै जनसंख्याको यस क्षेत्रमा बसोबास रहेको छ । 

यहि क्षेत्रमा केहि सपना बोकेर आउनेहरु सपना पुरा गर्न नसक्दा, पारिवारिक अवस्था लगायत अन्य बिबिध कारण सडक पेटीमा आउने गर्छन । 
काठमाण्डौ महानगरको यस अभियानमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समेत सहकार्य छ ।

उक्त अभियान घोषणापछि हरेक दिन काठमाण्डौ महानगरका कुनै न कुनै क्षेत्रमा उद्दार एवं परामर्श सेवा गरिएको छ । यसै अभियानको क्रममा महानगरीय प्रहरी वृत काठमाण्डौका प्रहरी नायव उपरीक्षक राजेन्द्र ज्युले सडक पेटीमा आश्रित व्यक्तिलाई सडकमा नै दान दिन नहुने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुहुन्छ, "सडकपेटीमा दान दिने काम केहि क्षणको लागि राम्रो लागेपनि दिर्घकालिन समाधानको उपाय होईन । उनीहरुको दिर्घकालिन समाधानको लागि आश्रममा आएर सहयोग गरिदिनुहोस । उहाँहरुलाई एक छाक खाना, नाना र छानाको लागि चिसो पेटीमा बसिरहनु पर्ने छैन । यसले महानगरको सभ्यता बचाइराख्छ भने महानगरको मानवीयतालाई समेत प्रदर्शन गर्न सक्नेछौं ।"

सडकपेटीबाट उद्दार गरिएका व्यक्तिलाई अहिले मानवसेवा आश्रमको बालाजुस्थित स्क्रिनिंग सेन्टरमा राखिएको छ ।
.....................................
मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान)
हाम्रो चाहना : सबैको लागि खाना नाना छाना
हाम्रो प्रतिबद्दता : सहयोगापेक्षी (वेसहारा, अनाथ,अशक्त, असाहय, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण
हाम्रो सपना : मानवीयताको राष्ट्र नेपाल निर्माण (The country of humanity - Nepal)
जय मानवसेवा - जय मानवता।