विरगन्जमा पनि बन्ने भयो मानवसेवा आश्रमको भवन


मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को भवन विरगन्जमा पनि बन्ने भएको छ । विरगन्ज महानगरपालिकाले फागुन १८ गतेको मिति राखिएको मानवसेवा आश्रमको विरगन्ज शाखालाई पत्र पठाएर यसबारे जानकारी गराएको हो

यसअघि हेटौडाको वडा नम्बर ९ मा भवन निर्माण कार्य अन्तिम अवस्थामा पुगीसकेको छ भने पोखराको हेम्जा र चितवनको बेलचोकमा निर्माण कार्य जारि रहेको छ । यस्तै काठमाण्डौमा बुढानिलकण्ठ नगरपालिकाले जग्गा उपलब्ध गराउने र काठमाण्डौ महानगरपालिकाले भवन निर्माण गरिदिने प्रतिबद्धता गरिसकेको छ । बुटवलमा पनि बुटवल उपमहानगरपालिकाले जग्गा छुट्याइसकेको छ भने प्रदेश ५ सरकारले भवन निर्माण गरिदिने घोषणा गरिसकेको छ ।

विरगन्ज महानगरपालिका, नगर कार्यपालिकाको २०७६ कार्तिक २९ गतेको निर्णय अनुसार महानगरपालिकाको वडा नम्बर १५ स्थित कित्ता नम्बर १६८ को जग्गा मध्ये उत्तरतर्फ २३ फिट बाटो छाडी सो देखी दक्षिणतर्फ बाँकी रहेको जग्गामा मानवसेवा आश्रम विरगन्ज शाखाको भवन बन्नेछ 

मानवसेवा आश्रमको नेपाललाई बि.स. २०८२ सालसम्म सहयोगापेक्षी, असहाय, बेसाहारा, अशक्त एवं अभिभावकबिहिन सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा गर्ने उदेश्यमा यस किसिमको सहयोगले मानवसेवा आश्रम परिवारमा थप उर्जा र प्रेरणा प्रदान गर्दछ