छुरीले काटेपछि पाकेको ठुलो घाउ, उपचारको सट्टा रक्सीले बिर्साउछन् दुखाई (भिडियो सहित)


मानवसेवा आश्रमको सहकार्यमा काठमाण्डौ महानगरपालिकाले महानगरलाई सहयोगापेक्षी सडकमानव मुक्त बनाउने र घोषणा गर्ने अभियान थालेको छ । अभियान अन्तर्गत पछिल्लो दुई दिनमा आश्रमले ९८ जनाको उद्दार गरेको छ ।

मंगलबार पशुपती, चाबाहिल गणेशथान, कमलादी गणेशथान लगायत विभिन्न स्थानमा गरिएको सडकसेवाबाट ७० जनाको उद्दार भएको थियो । त्यससमयमा महानगरीय प्रहरी र नेपाल प्रहरीले समेत अन्य स्थानबाट उद्दार गरि मानवसेवा आश्रमको बालाजु स्थित स्क्रिनिंग सेन्टरमा ल्याइदिनुभएको थियो । उक्त ७० जना मध्ये ४० जना पुरुष, २० जना महिला, ५ जना बालक र ५ जना बालिकाको उद्दार भएको थियो ।

त्यस्तै बुधबार स्वयम्भु मन्दिर क्षेत्र, संकटा, मानकाल क्षेत्रबाट २८ जनाको उद्दार भएको थियो । जसमध्ये २४ जना पुरुष र ४ जना महिलाको उद्दार भयो ।

अहिलेसम्म काठमाण्डौ महानगर घोषणा अभियान अन्तर्गत करिब करिब १००० जनाको उद्दार भएको छ भने लगभग ८०० जना परामर्शपछी पारिवारिक पुनर्मिलन र सेवा कार्यमा फर्किनुभएको छ ।