मानवसेवा आश्रम रुपन्देहीको आर्थिक प्रतिवेदन भोलि सार्वजनिक हुने


मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) रुपन्देही शाखाको आर्थिक प्रतिवेदन सार्वजनिक हुन लागेको छ। यस शाखाको प्रतिवेदन पहिलोपल्ट सार्वजनिक हुन लागेकोले आश्रम सन्चालनमा आएदेखि अहिलेसम्मको सेवा-आम्दानीको विवरण सार्वजनिक गरिनेछ। 

यस्तै बुटवल शाखाको अक्षयकोष स्थापनार्थ एवं भवननिर्माणको सेवा कार्यलाई टेवा पुर्याउने उदेश्य राखि माघ २० देखि २७ सम्म आयोजित श्री मद्भागवत ज्ञानविज्ञान महायज्ञ २०७६ को आय-व्यय विवरण सार्वजिनिक एवं प्रदेश नं ५ रुपन्देही बुटवलमा मानवसेवा आश्रमको सेवा संचालन भए देखिको सेवा, आम्दानी र खर्च साथै सेवा प्रगति विवरण सार्वजनिक कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना हुँदै छ।

आय-व्यय प्रस्तुत गर्नका लागि भोलि शनिबार पत्रकार सम्मेलनको आयोजना हुँदैछ। सम्मेलन मानवसेवा आश्रमको उपसेवा केन्द्र रहेको पुरानो लाइसन्स अफिस भएको भवनमा बिहान ठिक १०:३० बजेबाट हुनेछ। 

स्थान : मानवसेवा आश्रम ५ नं प्रदेश शाखा रुपन्देही बुटवल ( पुरानो लाईसेन्स अफिस भएको घर )
समय : ठीक १० : ३० बजे
थप जानकारीको लागि : ९८५५०७६००३, ९८५५०७६०११, ९८४३३४७६२२, ९८४३३४७६२३

सम्पूर्ण पत्रकारज्युहरु, मानवसेवा आश्रमको सेवालाई अभिभावकत्व प्रदान गर्दै आउनु भएका हाम्रा अभिभावकज्युहरु, सहयोगी आजिवन सदस्यज्युहरु, उदारमना परोपकारी मनहरु सम्पूर्णलाई कार्यक्रममा गरिमामय उपस्थितिको सादर अनुरोध गर्दछौ।