गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा मानवसेवा आश्रम लमजुङ् शाखा अवलोकन


गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङज्युले मानवसेवा आश्रम लमजुङ् शाखाको अवलोकन गर्नुभएको छ। उहाँ फागुन २५ गते, आइतबार (हिजो) आश्रम अवलोकनको लागि आउनुभएको हो। 

मुख्यमन्त्रीज्युको साथमा आश्रमका अभिभावक माननीय जमिन्द्रमान घलेज्यु, जिल्ला प्रशासन प्रमुख माननीय लक्ष्मण बहादुर खड्काज्यु, जिल्ला प्रहरी कार्यालय प्रमुख आदरणीय रविन्द्रमान गुरुङज्यु, बालसपना समाजका अध्यक्ष डा. बालकृष्ण बरालज्यु, क्याम्पस प्रमुख आदरणीय हरिबाबु थापाज्यु, प्राध्यापक आदरणीय शालीग्राम अधिकारीज्यु,आदरणीय कमला केसिज्यु, बालसपना समाजका सम्पुर्ण सदस्यज्युहरु र आश्रमका शुभेच्छुक अभिभावकहरुकाे उपस्थितिमा रहेको थियो।

स्नेहमिलन हुँदैगर्दा आश्रमको लागि जग्गा उपलब्ध गराउने र भवन निर्माण गर्ने बिषयमा विचार-विमर्शसमेत भएको थियो। मानवसेवा आश्रमलाई जग्गा उपलब्ध गराउनको लागि बालसपना समाजसँग र भवन निर्माण गर्नकालागि प्रदेश सरकारसँग आग्रह गरि प्रक्रिया अगाडी बढाउने बिषयमा बिचार-विमर्श सम्पन्न भयो। 

यस्तै मानवसेवा आश्रमको सेवाकार्यलाई नजिकबाट महशुस गरि माननीय मुख्यमन्त्रीज्यु आश्रमको मासिक सहयोगी दाता बन्नुभएको छ। उहाँले आश्रमको लागि हुन सक्ने सम्पूर्ण किसिमको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।