पुलमुनी कुलतमा झुलेको संसार (भिडियो सहित)


काठमाण्डौ महानगरपालिकाले सहयोगापेक्षी, बेसाहारा, अशक्त, असहाय, अनाथ, अभिभावकबिहिन सडकआश्रित मानवमुक्त अभियान थालेको छ। जसमा मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को सहकार्य रहेको छ। 

यसक्रममा आश्रमले आइतबार संकटा, बसन्तपुर, स्वयम्भू, सोह्रखुट्टे, शोभाभगवती लगायतका क्षेत्रबाट ३२ जनाको उद्दार गरेको छ। जसमध्ये २१ जना पुरुष, ६ जना महिला, ३ जना बालक र २ जना बालिका रहेका छन्। 

यस्तै सोमबार गौरीघाट, चाबाहिल, कैलाशडांडा, पशुपती क्षेत्रवाट थप २३ जनाको उद्दार भएको छ। जसमध्ये २० जना पुरुष र महिला रहेका छन्। 

अहिलेसम्म महानगरपालिकाले मंसिर २९ मा अभियान घोषणा गरेदेखि आश्रमसँगको सहकार्यमा करिब १२०० जनाको उद्दार एवं ९०० जनाको परामर्शपछी पारिवारिक पुनर्मिलन गरेको छ। 

यसरी उद्दार गरिएकामध्ये केही मानिसहरु सम्पूर्ण रुपले सक्षम तर कुलतमा फसेका छन् जसलाई मनोवैज्ञानिक परामर्शपछी पारिवारिक पुनर्मिलन गरिएको छ।