अत्यन्त जरुरी सुचना : स्क्रिनिंग सेन्टरको लागि घर भाडामा आवश्यक


काठमाण्डौ महानगरपालिकाको नेतृत्व र मानवसेवा आश्रमको सहकार्यमा काठमाण्डौ महानगरपालिकालाई सहयोगापेक्षी बेसाहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर निर्माण गर्ने अभियान अगाडी बढिरहेको छ । 

यसै अभियानलाई मुर्तरुप दिन काठमाण्डौको बालाजुमा Screening Center सञ्चालनमा रहेको छ, जसमा काठमाण्डौ महानगरबाट उद्दार गरिएका सबैलाई Screening Center मा लगिएको छ । त्यहाँबाट अवस्था अध्ययन गरेर आवश्यक परामर्शपछि व्यवस्थापन गरिएको छ ।

अहिलेको Screening Center सञ्चालन गरिएको भवन महानगरले ३ महिनाको लागि व्यवस्थापन गरेको थियो । त्यसपछिको व्यवस्थापनको लागि मानवसेवा आश्रमको लागि काठमाण्डौ जिल्ला भित्र करिब ३००० देखी ४००० वर्ग फिट क्षेत्रफल भएको घर आवश्यक परेको सुचित गरिन्छ । इच्छुकले ९८५५०७६००४ वा ९८५५०७६००१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।