जि.स.स चितवनका सभापतिको आश्रम अवलोकन, नयाँ बर्षसँगै सडकमानवमुक्त जिल्ला चितवन घोषणा गरिने ।


चितवन जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार ढल्लाकोटीज्यूले मानवसेवा आश्रम चितवन शाखाको अवलोकन गर्नुभएको छ । अवलोकनको क्रममा उहाँले राज्यले गर्नुपर्ने तर गर्न नसकिरहेको सेवा आश्रमले गरिरहेको बताउदै राज्यले आश्रमलाई अभिभावकत्व दिनुपर्ने बताउनुभएको छ। 
करिब एक घण्टा आश्रमका आमाबुबासँग रमाउनुभएका सभापति कृष्ण कुमार डल्लाकोटीज्यूले आमाबुबाहरुलाई खाजा खुवानुभएको थियो । 

भेटको क्रममा आश्रमका उहाँले आगमी नयाँ वर्षको अवसर पारेर चितवन जिल्लालाई सडकमानवमुक्त जिल्ला घोषणा गर्ने गरि प्रक्रिया अघि बढाइने जानकारी गराउनुभएकको छ । आश्रमका अभिभावक एवं समाजसेवी संगिता भट्टराईज्यूले उहाँलाई आश्रम भ्रमणको लागि प्रेरित गर्नुभएको हो ।