बेसहारा सडकमानवको उद्दारका लागि पूर्व मिस नेपाल श्रृंखला खतिवडा सडकमा


काठमाण्डौ महानगरपालिकाले मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) सँगको सहकार्यमा काठमाण्डौ महानगरलाई सहयोगापेक्षी, बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन सडकआश्रित मानवमुक्त महानगर निर्माण गर्ने अभियान घोषणा गरेको छ। यस अभियान अन्तर्गत मङ्सिर २९ गतेदेखि फागुन ३० गतेसम्म १ हजार २ सय ८२ जनाको उद्दार भएको छ। 

यस अभियान अन्तर्गत शनिबार सम्पन्न सडकसेवा, उद्दार एवम् परामर्श कार्यमा पुर्व मिस नेपाल शृंखला खतिवडाज्युको पनि उपस्थिति रहेको थियो। दुई समुहमा विभाजित भएको उद्दार टिमले महानगरका विभिन्न क्षेत्रबाट जम्मा ३१ जनाको उद्दार गरेको थियो। 

शृंखला खतिवडापनि मानवसेवा आश्रम, नेपाल प्रहरी, महानगर प्रहरी र आश्रमका अभिभावकज्युहरुसँग सँगै सडकको अवलोकनमा बिहान ७ बजेदेखि नै लाग्नुभएको थियो। यसका थप उहाँले मानवसेवा आश्रमले उद्दार गरेका सडकआश्रित मानवहरुको ब्यबस्थापनको लागि अस्थाई रुपमा स्थापना गरिएको बालाजुस्थित बाईसधारामा रहेको स्क्रिनिंग सेन्टरमा रहेका सडकमानवहरुलाई बिहानको भोजनसेवा स-प्रेम अर्पण गर्नुभएको थियो। 

उहाँको यस किसिमको सहयोग र उपस्थिति मात्रैले पनि आश्रमका अभियान्ताहरु,आ ठुलो उर्जा मिलेको र मानवता प्रवर्द्धन महाअभियानमा लाग्न अझ प्रेरित गरेको छ। 

जय मानवसेवा ! जय मानवता !!