आफूलाई समस्यामा परेको समयमा सहयोग गर्ने दाइको सम्मानमा सहायताको खाँचो रहेका बेसहारालाई सहयोग


आफूलाई समस्यामा परेको समयमा सहयोग गर्ने दाइको सम्मानमा सहायताको खाँचो रहेका बेसहारालाई सहयोग

सहयोगी दाई र मानवताप्रेमी भाई दुवैको सदा भलो होस् ।

आफूलाई समस्या परेको समयमा दाई महेश भट्टराईले पुर्याएको स्मरण गर्दै जर्मनमा रहदै आएका परोपकारी सुजन बर्तौलाले आज मानवसेवा आश्रमलाई सहयोग गर्नुभएसकोछ । भविष्यको खोजी गर्दै विदेशिएका युवाले जागिर नपाउँदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ । त्यसैले दुख परेको बेलामा सहयोग गर्ने ती महेश दाई सुजनका लागि अति प्रिय थिए र छन् । त्यसैले दाईले आपत पर्दा लगाएको गुन उनले कहिलै विर्सिन सकेनन् । बरु दाईले सबैलाई विर्सिए । सुजन इटालिमा हुनुहुन्थ्यो । दाई टुरिष्ट गाइड भएकोले विदेशीलाई नेपाल घुमाउन आएका थिए । त्यही समय नेपालमा भुकम्प गयो । त्यसबेला देखी दाई सम्पर्कविहिन हुनुहुन्छ । सुजन र दाई महेशको परिवार आजसम्म दाइको प्रतिक्षा गरिरहनुभएको छ तर उनी अझै सम्पर्कमा आएका छैनन् ।

आफूलाई समस्या पर्दा साथ दिएका महेश दाईलाई सुजनले गुन तिर्ने अवसर पाएनन् । सुजनको मन भारी भइरहेको थियो, किनकी दाईको सहयोग सुजनको लागि अति नै महत्वपूर्ण थियो त्यसबखत । विगत लामो समयदेखी मानवसेवा आश्रमले गरिरहेको हरेक सेवालाई सामाजिक सञ्जालबाट नियालिरहेका उनले दाईबाट आफूले पाएको सहयोगलाई प्रिय दाजु महेश भट्टराईकै सम्मानमा मानवसेवा आश्रममा समर्पण गर्ने योजना बनाए र छोटो समयमा नेपाल आएको बखत आज रु ३०,००० रुपैया मानवसेवा आश्रम सामाखुशीमा आफै आई हस्तान्तरण गरे ।

हेटौंडा नवलपुर स्थाई घर भएका परोपकारी सुजन बर्तौला हाल जर्मनीमा रहनुहुन्छ ।