नायिका आँचल शर्माको जन्मदिनमा आश्रमलाई सहयोग


नायिका आँचल शर्मा श्रेष्ठको जन्मदिनको शुभ-अवसरमा ससुरा बुबा प्रेम श्रेष्ठले मानवसेवा आश्रममा बिहानको भोजनसेवा अर्पण गर्नुभएको छ। 

आँचल शर्माले केहि दिन अगाडी मात्र चितवनका डाक्टर उदिप श्रेष्ठसँग बिबाह बन्धनमा बाँधिनुभएको थियो। बिहे लगत्तै आज परेको बुहारीको शुभ जन्मदिनमा ससुरा बुबाले आश्रमलाई सहयोग गर्नुभएको हो। 

प्रेम श्रेष्ठ मानवसेवा आश्रमका अभिभावक हुनुहुन्छ जसले मानवसेवा आश्रमको चितवनमा निर्माधीन भवनको लागि करिब करिब २० करोड मूल्य पर्ने जग्गा उपलब्ध गराउनुभएको छ। स्वर्गीय दाजु भगवानदास श्रेष्ठसँगको सहकार्यमा दाजुभाई मिलेर जग्गा उपलब्ध गराउनुभएको थियो। त्यही जग्गामा अहिले मानवसेवा आश्रमको चितवन शाखाको भवन तिब्रगतिमा निर्माण भईरहेको छ र निर्माण सम्पन्न भईसकेपछि २०० जनाभन्दा धेरै सहयोगापेक्षी सडकआश्रितहरुलाई उद्दार गरेर राख्न सकिनेछ। 

(आँचल शर्मा र उदिप श्रेष्ठ इन्गेजमेन्टमा)

मानवसेवा आश्रमलाई यहाँहरुले गर्नुभएको निरन्तर सहयोगले मानवता प्रवर्द्धन महाअभियान र आश्रमको नेपाललाई बि.स. २०८२ सालसम्म सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने  सपनामा नजिक पुगेको महसुस गरेका छौँ। 

हाम्रो चाहना : सबैका लागि खाना, नाना र छाना

हाम्रो प्रतिबद्धता : सहयोगापेक्षी (वेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा

हाम्रो सपना : मानवीयताको राष्ट्र नेपाल ( The Country of Humanity, Nepal)