उमाकान्तको फेरिएको दैनिकी : १३ बर्षपछी बल्ल मान्छेलाई जस्तो ब्यबहार गरियो (भिडियो)


१३ दिन होइन १३ महिना पनि होइन उमाकान्तले १३ बर्ष गोठमा फलामे साङ्लोले बाधिएर पशुतुल्य जीवन विताएका थिए । कोरोना संक्रमणको डरले ३ दिनदेखी घरबाट बाहिर निस्किन नपाएर सकस भोगीरहेको हाम्रो हृदयले उमाकान्तको साङलाले बाधिएर, दिशापिसाव र मलमुत्रसँगै विताएका करिब ५ हजार दिनलाई महशुस गर्न गर्न सक्ने कुरै भएन ।

उमाकान्त ३० बर्षको हुँदा मनोरोगको कारण उपचारको साटो साङ्लोमा बाधिन पुगेको थिए, ४३ बर्षको उमेरमा उनलाई मानवसेवा आश्रमको उद्धार टोलिले उद्धार गरी हेटौंडा ल्याएका थिए । एक पटक कल्पना गर्नुहोस् त ३० बर्ष देखी ४३ बर्षको उमेरमा एक जना मानिसले चाहेको के के गर्न सक्दैन ? जे होस् १४ बर्षपछि कम्तिमा उमाकान्तले एक मानिसको जस्तो जीवन जीउन थालेका छन् । उमाकान्तको सुखद पारिवारीक पुनर्मिलनको तयारी हुँदैछ ।

Umakanta Chaudhari success story

सजिलै उमाकान्तको श्रीमतिलाई गाली गर्न त सजिलै हुन्छ, तर आफ्नै श्रीमान्लाई फलामे साङ्लाले बाधेर विहानबेलुका जनावरलाई कुडोपानी खुवाएझै दालभात खुवाउनुपर्ने श्रीमतिको बाध्यतालाई बुझ्न त्यति सहज छैन । उमेर र जवानी सकाएर मनोरोगी उमाकान्तलाई कम्तिमा विहान बेलुका हातमुख जोडाई बचाइराख्ने श्रीमतिलाई सलाम । 

एक सामान्य मानसिक रोगकै कारण नागरिकले यतिका धेरै सकस भोग्नुपरेको यो विवशताले हाम्रो देशको मानसिक स्वास्थ्यको अवस्थालाई उदाङ्गो पारेको छ । कम्तिमा अब कसैले उमाकान्तले जस्तो सकस भोग्न नपरोस्  । सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शरिरीक तथा मानसिक रुपमा कमजोर) सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि नेपाल सरकारले लिएको नीतिले सार्थकता पाओस् । सरकारको सहयोगी बन्न मानवसेवा आश्रम प्रतिवद्ध छ ।