मानवसेवा आश्रमलाई महानगरीय प्रहरी कार्यालयको खाद्यान्न सहयोग


महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले मानवसेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। मानवसेवा आश्रमको सामाखुसी स्थित रहेको कार्यालयमा महानिरीक्षक विश्वराज पोखरेल स्वयं उपस्थित भएर खाद्यान्न सहयोग गर्नुभएको छ। 

काठमाण्डौका सडकपेटीमा कोही पनि सहयोगापेक्षी सडकआश्रित मानव कष्टकर जीवनयापन गर्नुपर्ने अवस्था नरहोस् भन्ने उदेश्य सहित काठमाण्डौ महानगरपालिकाले महानगरीय प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलाय र मानवसेवा आश्रमको सहकार्यमा अभियान सन्चालन गरेको थियो। 

तर पछिल्लो समय चिनको वुहान प्रान्त उद्गम स्थल मानिएको कोरोना भाइरसले विश्वलाई नै त्रसित र ससंकित बनाइरहेको छ भने २० हजार भन्दा धेरैको ज्यान समेत लिइसकेको छ। यस किसिमको भाइरसले गर्दा यस अभियानबाट कोही संक्रमित व्यक्तिको उद्दार गर्दै गर्दा आश्रममा रहनुभएका अन्य व्यक्तिहरुको जीवननै जोखिममा पर्न सक्ने भएकाले तत्कालको लागि कोरोना नभएको पुष्टी गरेरमात्र सहयोगापेक्षी आश्रमल्याईदिनु हुन सम्बन्धित निकायलाई अनुरोध गरेका छौं। 

कोरोनाको कारणले गर्दा देश नै लकडाउनको विषम परिस्थितिमा छ। जिम्मेवार नागरिकको हैसियतले सरकारको आदेश पालना गर्नु हामि सबैको कर्तब्य हुन्छ। यसै कारणले आश्रममा स्वेच्छिक रुपमा आइरहेको सहयोग लगभग शुन्यप्राय भएपछी आश्रममा आश्रित व्यक्तिहरु सेवाकार्यमा कुनै कमि नआओस भन्ने हेतुले डिआइजी विश्वराज पोखरेलज्युले यस कठिन र जटिल परिस्थितिमा सेवारत सम्पूर्ण राष्ट्रसेवक नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै आश्रमलाई सहयोग गर्नुभएको हो।