मानवसेवा आश्रम पोखरा शाखा तेस्रो बर्षमा प्रवेश


मानवसेवा आश्रम पोखरा शाखाले आफ्नो सफल दुई बर्ष पुरा गर्दै तेस्रो बर्षमा प्रवेश गरेको छ । 

मानवसेवा आश्रमले नबौं शाखाको रुपमा पोखराको छोरेपाटनबाट सेवा सुरुवात गरेको थियो । अहिले आश्रम छोरेपाटन र हेम्जा गरि दुई स्थानमा संचालित छ । हेम्जामा आश्रमले साश्वात ग्राम बनाउने गरि कार्ययोजना अगाडी बढाएको छ भने भवन निर्माण समेत सुरु भईसकेको छ । हेम्जामा बृहत योजना सहित सुन्दर पर्यटकीय क्षेत्र बनाउने गरि ग्राण्ड डिजाइन समेत बनेको छ ।

आजको दिनमा मानवसेवा आश्रम पोखरा शाखामा १२० जना सहयोगापेक्षी सडकआश्रित लक्ष्मी नारायण, बालगोपालले गरिमा बढाईरहनुभएको छ । 
अहिले आश्रमको सातै प्रदेशका १४ वटा जिल्लाको १९ स्थानवाट सेवा सन्चालन भईरहेको छ ।