कालीकानगर सडकपेटीबाट एक मनोरोगी युवतीको उद्धार


मानवसेवा आश्रम बुटवल शाखाले कालीकानगर सडकपेटीबाट एक मनोरोगी महिलाको उद्धार गरेको छ । अनु श्रेष्ठ नाम बताउने अन्दाजी उमेर २० बर्षीय युवतीको हालसम्म परिवारबारे केही केही खुल्न सकेको छैन । तम्घास जाने बाटोमा थोर्गा,टक्सार भन्ने ठाँउमा आफ्नो घर बताएकी छिन् ।

गाढीमा ल्याएर कसैले छोडेको र ३ दिनदेखी वेवारिसेअवस्थामा आफुले देखेको स्थानिय एक आमाले बताउनुभयो । २० बर्षीय युवती यसरी सडकमा खुला आकाशमुनी रात विताउन पर्ने बाध्यात्मक अवस्थामा हुँदा उसले अनेकौ दुव्र्यवहार र संघर्ष सहनुपर्ने भन्दै स्थानिय आमा आश्रममा खबर गर्न आइपुग्नुभएको थियो ।
मानवसेवा आश्रम बुटवल शाखाकी सह संयोजक सरु अधिकारी, स्वयंसेवक विमला पोखरेल एवं स्थानियहरुले युवतीलाई उद्धार गरि आश्रममा ल्याएका थिए । यही  पौष ७ गतेबाट विस्तार भएको यस शाखाले एक महिनाको अवधिमा विभिन्न कारणहरुबाट सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश विभिन्न उमेर समुहका २९ जनालाई उद्धार गरि सेवा प्रदान गरीसकेको छ भने ३ जनाको पारिवारीक पुनर्मिलन गराइएको छ ।