LIONS Club International District 325 A1 Nepal को मानवसेवा आश्रम भक्तपुर शाखामा खाधान्न सहयोग


LIONS Club International District 325 A1 Nepal ले मानवसेवा आश्रम भक्तपुर शाखामा खाद्यान्न सहयोग गरेको छ ।

विश्व नै कोरोनाको माहामारीबाट ग्रसित बनिरहेको यस कठिन परिस्थितिमा आश्रमको गरिमा बढाईरहनुभएका लक्ष्मीनारायण तथा बालगोपालको ब्यबस्थापन सहज होस् भन्ने हेतुले आश्रमलाई लायन्स क्लबको परिवार नै उपस्थित भएर शनिबार सहयोग गर्नुभएको हो । क्लबले १३ बोरा चामल र ५० पोका नुन सहयोग गरेको छ ।

अहिले मानवसेवा आश्रम भक्तपुर शाखामा अहिले ५३ जना लक्ष्मीनारायण तथा बालगोपालले गरिमा बढाईरहनुभएको छ । 

त्यस्तै आश्रमको सातै प्रदेश, १४ जिल्ला र १९ सेवाकेन्द्रमा गरि ११०० जनाभन्दा धेरैजना रहनुभएको छ