कामना सेवा विकास बैंकले गर्यो चितवन र रुपन्देही शाखामा सहयोग


कामना सेवा विकास बैंकले मानवसेवा आश्रमको चितवन र रुपन्देही शाखामा खाधान्न सहित अति-आवश्यक सामग्री सहयोग गरेको छ 

लकडाउनका कारण सडकपेटीबाट उद्दार गरिएका सहयोगापेक्षी (वेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवहरुको दैनिक खानपानमा कुनै समस्या नआओस भन्दै कामना सेवा विकास बैंकले मानवसेवा आश्रमका दुई शाखामा सहयोग स-प्रेम प्रदान गरेको हो ।  

नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामाग्री सहित सेनिटाइजर र मास्क सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक सहितको टोलिले आज आश्रम पुगेर एकहप्तालाई पुग्ने खाद्य सामाग्री सहयोग गरेको हो ।
 

सहयोग हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक सुरेश घिमिरले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत खाद्यान्न सामग्री सहित सुरक्षा कवच प्रदान गरेको बताए । देशनै कोरोना संक्रमण र लकडाउनको अवस्थामा गुज्रेको भन्दै घिमिरेले यहांँ रहेका बेसहारा बृद्धबृद्धालाई राहत पुगोस भन्ने हेतुले सामाग्री सहयोग गरिएको बताए । पांँचबर्षअघि सञ्चालनमा आएको उक्त आश्रममा मानसिक सन्तुलन ठिक नभएका, बेसाहारा, सहयोगापेक्षी गरी ६० जना आश्रित छन ।

सो क्रममा प्रतिक्रिया दिदै आश्रमकी जिल्ला संयोजक निता केसीले आश्रममा दैनिक खाद्यसामाग्री अभाव भइरहेको बेला बैकले गरेको सहयोगले केही राहत मिलेको बताइन । लकडाउन अघि अन्य दाताहरुले दैनिक रुपमा विभिन्न अवसर पारेर आर्थिक सहयोग गर्दै आएपनि हालका दिनहरुमा सहयोग कम आएका कारण समस्या पर्दै गएको उनको भनाई थियो ।

यस्तै रुपन्देहीको बुटवलमा रहेको आश्रमलाई खाधान्न सहित चामल, दाल, चिउरा, तेल लगायतका सामग्री सहयोग गरेको हो । मानवसेवा आश्रम रुपन्देही शाखामा १३० जना आमाबुबा तथा नानीबाबुहरुले गरिमा बढाईरहनुभएको छ ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गरे । संयोजक अधिकारीले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति धन्यवाद दिँदै अन्य संघ संस्थाहरुले समेत सहयोगका हात अगाडि बढाउने आशा गरेको बताए ।