"भौतारिँदै सहि ठाउँमा आएको रहेछु" कर्णालीका हिरा देउडा गायक पाण्डव बिष्ट (भिडियो सहित)


"आश्रम भनेको एउटा निवास हो, मेरो लागि घर हो" - यो भनाइ हो यतिबेला मानवसेवा आश्रमको सुर्खेत शाखामा रही मानवसेवा आश्रमको गरिमा बढाईरहनुभएका लोकदोहोरी तथा देउडा गायक पाण्डब बिष्टको । 

उहाँलाई मानवसेवा आश्रमको टिमले सुर्खेतको बसपार्कबाट केहि समय अगाडी उद्दार गरेको थियो । उद्दार गर्दै गर्दा उहाँ मानसिक रुपमा कमजोर हुनुन्थ्यो । तर केहि समयको सेवा र आश्रम परिवारको माया, प्रेम, सद्भावले उहाँमा धेरै नै राम्रो परिवर्तन आएको छ । 

"कुलतमा फसेर सडक पेटीमा आएको थिएँ, पछी सुधार गृहहरुमा पनि गएँ तर बाहिर निस्किने बित्तिकै फेरी कुलतलाई निरन्तरता दिएँ ।" 

"जब मानवसेवा आश्रममा आएँ, पारिवारिक वातावरणमा रमाईरहेको छु । मेरो सेवा गर्नुहुने र सुधार गर्नुहुने बहिनीहरुलाइ धन्यवाद दिन्छु । आश्रमबाट बाहिर गएपनि समय समयमा आईरहने छु ।" 

"धेरै ठाउँमा भौतारिरहंदा भौतारिरहंदै सहि ठाउँमा आएको रहेछु ।" कर्णालीका हिरा भनेर चिनिने गायक पाण्डब बिस्ट आफ्नो आश्रममा रहँदै गर्दाको अनुभव सुनाउनुहुन्छ र प्रतिबद्दता व्यक्त गर्नुहुन्छ अब मद्यपान र धुम्रपान कहिले गर्नेछैन ।

केहि समय अघि एके अनलाईनले उहाँको बारेमा भिडियो तयार पार्नुभएको छ । हेर्नुहोस् भिडियो: