स्थानीयले पुज्ने ठाउँमा मनोरोगी भगवानको बास : चागुँनारायणबाट एक बृद्धको उद्दार (भिडियो सहित)


"आमा सँगै बस्ने गर्थें । आमा खस्नुभयो, बुबा भारतको मिलिटरीमा हुनुन्थ्यो, ललितपुरको मच्छेगाउँमा बस्दै गर्दा म १० महिनाको हुँदा खस्नुभएको हो रे" लामो समयदेखि भक्तपुर जिल्ला चागुंनारायण नगरपालिका स्थित नेपाल बिद्युत प्राधिकरण नजिकैको सार्वजनिक स्थानमा बसोबास गर्नुभएका मनोरोगी केशब बिस्ट क्षेत्री नाम बताउने बुबाले एकैपटकमा पोख्नुभएको बेदना हो यो 

अहिले बसिरहेको ठाउँ त्यहाँका स्थानीय व्यक्तिले पुजा गर्न जाने भगवानको बासस्थान बनाएको ठाउँ रहेछ । त्यहाँ एउटा ठुलो रुखमा घण्टहरु झुण्ड्याएर राखिएको थियो भने त्यसैको फेदमा केहि ढुंगाहरुमा रातो टिका लगाईएको थियो ।

यो पनि हेर्नुहोस्:
 

त्यसैको छेउमा अग्लो पर्खालमा ठड्याएर एउटा टिनको पाता राखिएको थियो, ति वृद्द बुबा गर्मि समयमा टिनको माथि र जाडो समयमा टिनको तलपट्टी रात बिताउन बिबस थिए । एक स्थानीय व्यक्तिको अनुसार ति बुबा त्यहाँ बस्न थालेको ३० बर्ष जति भयो रे । पहिले आमा सँगै आएका उनले काम गर्न सक्दथे । आमा छोरा दैनिक ज्यालादारी गरेर गुजारा चलाउने गर्थे तर आमाको निधन भएपछी छोरा एक्लिए । २०७२ सालको भूकम्पले भएको एउटा छाप्रो पनि भत्काईदियो त्यसपछि उनि त्यहि स्थानमा बस्दै आएका छन् ।

"पहिले पहिले आमा र म काम गर्न सक्दा दैनिक २५ रुपैयाँ आम्दानी हुन्थ्यो त्यसले मज्जाले खान, लगाउन पुग्थ्यो अहिले जस्तो गाह्रो कहाँ थियो र?" अन्दाजी ६०/६५ बर्ष उमेरका वृद्द व्यक्ति घर परिवारको बारेमा सोध्दा मनका भावना पोख्छन ।

यो पनि हेर्नुहोस्:

मानवसेवा आश्रममा उहाँको बारेमा केहि दिन अघि मात्रै आफन्तको घर वृद्द बुबा रहनुभएको ठाउँ देखि करिब १ किलोमिटरको दुरीमा आउनुभएकी निर्मा लामा (प्राप्ती) ज्युले ३ दिन अघि मात्र जानकारी दिनुभएको थियो । "आफन्तको घरमा उहाँको बारेमा सुनेपछि नहेरी मनले मानेन । हेरिसकेपछि झन् के गरौ कसरी सहयोग गरौँ भनेर मनमा धेरै पिडा भयो । त्यसपछि उहाँलाई उद्दार गर्ने संस्थाको बारेमा खोज्दै जाँदा मानवसेवा आश्रमको बारेमा थाहा पाएर ३ दिन अघि मात्र जानकारी गराएको थिएँ । राम्रो रेस्पोन्स गर्नुभयो, सबैजनालाई धन्यवाद" प्राप्ती लामाले भन्नुभयो ।

यो पनि हेर्नुहोस्:

मानवसेवा आश्रमले जानकारी पाएको अर्को दिन उहाँको अवस्था अवलोकन गर्न पुगेको थियो । बाहिरबाट देख्दा सामान्य देखिएपनि लामो समय देखि खुल्ला आकाशमा रहनुभएको र पानि पर्दा अथवा चर्को घाममा बस्न समेत कठिन र मनोरोगी हुनुभएकोले लकडाउनको कठिन अवस्थामा पनि उद्दार गरेर आश्रम ल्याएका छौं ।

उहाँको उद्दार गर्दै गर्दा हावाहुरी सहितको ठुलो बर्षा भयो । हामीले अनुभव गर्न सक्छौं यसरी खुल्ला आकाशमुनी जीवन बिताउनुपर्दाका कठिन परिस्थितिहरु भोक, शोक र त्राससहितको त्यो बिबस जीवनयापन ।