इन्टरनेट प्रोवाइडर एशोसियसनको रु दुई लाख सहयोग मानवसेवा आश्रमलाई


INTERNET SERVICE PROVIDER ASSOCIATION OF NEPAL, PULCHWOK को तर्फबाट मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान) को सेवा कार्यलाई रु.२ लाख १ हजार स-प्रेम अर्पण !

बैशाख १९ गते, @ Manavsewa Ashram Bhaktapur Branch

..............................

सहयोगापेक्षी (वेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवहरुलाई सडकपेटी एवं सार्वजनिक स्थलहरुबाट उद्दार, औषधोपचार, पारिवारिक पुन:मिलन एवं मानवता प्रवर्द्दनको लागि रचनात्मक सेवा कार्यहरुलाई महशुस गरि एवं भक्तपुर जिल्लाको विभिन्न स्थानहरुमा सहयोगापेक्षी व्यक्तिहरुलाई भोजन सेवामा सहयोग पुर्याउने अभिष्ट राखि २४ दिन देखि निरन्तर विहान र बेलुका संचालन भईरहेको भोजनसेवाको कार्यलाई सहयोग एवं सहयोगापेक्षीहरुलाई आफन्तको अनुभुति गराउन INTERNET SERVICE PROVIDER ASSOCIATION OF NEPAL, PULCHWOK को तर्फबाट मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान) को सेवा कार्यलाई रु.२ लाख १ हजार स-प्रेम अर्पण गर्नु भएको छ।

योगदान रकम अर्पण एवं भोजनसेवामा सहभागी हुन ISPAN का कोषाध्यक्ष एवं East Link Technology को तर्फबाट आदरणीय पुष्कर बडालज्यु, WORLDLINK COMMUNICATIONS LTD बाट Executive Director अरु आदरणीय मनोज कुमार अग्रवालज्यु, विजय जालनज्युको स-प्रेम उपस्थिति रहेको थियो।

मानवीय सेवाको कार्यमा थप सहजता प्रदान गर्न यो LOCK DOWN को असहज अवस्थामा पुर्याउनु भएको महत्वपूर्ण योगदानको लागि INTERNET SERVICE PROVIDER ASSOCIATION OF NEPAL, PULCHWOK परिवार एवं परोपकारी, मानवताप्रेमी आदरणीय मनोज कुमार अग्रवालज्यु, विजय जालनज्यु र पुष्कर वडालज्युलाई धेरैधेरै साधुवाद।

.................................

मानवसेवा आश्रम भक्तपुर शाखाको बारेमा थप जानकारीको लागि :

Manavsewa Ashram Bhaktapur Branch : 01-6631507, 9843347610/11, 9855076004, 9855076001

हाम्रो चाहना : सबैको लागि खाना नाना छाना

हाम्रो प्रतिबद्दता : सहयोगापेक्षी (वेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा

हाम्रो सपना : मानवीयताको राष्ट्र नेपाल (The country of humanity – Nepal)

...............................

मानवीय सेवामा सहकार्यको लागि :

Bank Account No : D101010000179

Bank Account Name : MANAVSEWA ASHRAM

Bank Name : Global IME Bank