राष्ट्रिय खेलाडी शरद भेषावकरले गरे मानवसेवा आश्रम अवलोकन (भिडियो सहित)


नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य शरद भेषावकरले मानवसेवा आश्रमको भक्तपुर शाखा अवलोकन गर्नुभएको छ ।

देशलाई नै वि.स २०८२ सालभित्र सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवमुक्त निर्माण गर्ने महाअभियान सहित अगाडी बढेको मानवसेवा आश्रमले यतिबेला कोरोनाको कारणले सहयोगापेक्षी व्यक्तिहरुलाई सिधै उद्दार गरेर आश्रम लैजाने अवस्था छैन 

त्यसैले उद्दार सम्भव नभएको अवस्थामा भक्तपुर जिल्लाका विभिन्न स्थानमा सहयोगापेक्षी अवस्थामा रहनुभएका, दैनिक ज्यालादारी गरेर गुजारा गर्ने र बैंकको कारोबार विशेष अवस्थामा मात्र हुने भएकाले समस्यामा परेका ब्यतिहरुलाई भोजन सेवा गराइरहेको छ ।

आश्रमले गराइरहेको भोजनसेवामा करिब ३०० जना व्यक्तिहरु सहभागी रहनुभइ भोजन स-प्रेम स्वीकार्नुभएको छ । शरद भेषावकर भोजनसेवाको २७ औं दिनमा बैशाख २१ गते उपस्थित हुनुभएको थियो । भोजनसेवा बिहान र बेलुका हुँदै आइरहेको छ ।