ब्यालेन्स ग्रुप अफ कम्पनीजले हस्तान्तरण गर्यो दोश्रो मानवसेवा प्याकेज, ९०० जनाको पेट भरिने


लकडाउनको समयमा ग्राहकको घरमा खाधान्न, तरकारी, फलफुल लगायतका सामग्रीको होम डेलिभरी गरिरहेको "सबैभन्दा सस्तो" ले मानवसेवा आश्रमलाई प्याकेज सहयोग गरेको छ ।

मानवसेवा आश्रमले लकडाउनको समयमा भक्तपुर जिल्लाका विभिन्न स्थानमा प्राभावितहरु करिब ३०० जनालाई बिहान र बेलुका भोजनसेवा गराईरहेको छ । यस सेवा कार्यलाई सहज बनाउनका लागि ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को मातहतमा रहेको ग्राहकको लागि खाधान्न, तरकारी लगायतका सामग्री होम डेलिभरी गरिरहेको सबैभन्दा सस्तोले मानवसेवा प्याकेज तयार पारेको छ । 

सबैभन्दा सस्तोले ५८५ रुपैयाँ पर्ने ५ केजी चामल, १/२ केजी दाल, १/२ लिटर तेल, १.५ केजी तरकारी र १ केजी आलु सहितको प्याकेज तयार गरेको छ । ग्राहक उक्त १ प्याकेज खरिद गरेबापत १५ जनाको भोको पेट भरिने बताएको छ ।

यस अन्तर्गत बुधबार ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि ले ६० प्याकेज हस्तान्तरण गरेको छ जसले ९०० जनाभन्दा बढीको भोको पेट भरिने छ ।

प्याकेज खरिद गरेर यस मानवीय सेवामा सहयोग गर्नुहुने परोपकारी मनहरुको नामावली यसप्रकार छ :
१. रजेज मिजारज्यु, गोंगबु काठमाण्डौ - ५ प्याकेज
२. दिनेश घिमिरेज्यु, शान्तिनगर काठमाण्डौ - १ प्याकेज
३. सुदिप जंग पाण्डेज्यु - १ प्याकेज
४. महेस तिमिल्सिनाज्यु, नक्साल काठमाण्डौ - ४ प्याकेज
५. बिनिसाज्यु - १ प्याकेज
६. पंकज कर्णज्यु, युएसए - ८ प्याकेज
७. रिचा आचार्यज्यु - १० प्याकेज
८. नङती शेर्पाज्यु, बेसिगाउँ पिपलबोट, काठमाण्डौ - १० प्याकेज
९. छोम्मु शेर्पाज्यु, बेसिगाउँ पिपलबोट, काठमाण्डौ - १० प्याकेज
१०. रमा पन्थीज्यु, शान्तिनगर काठमाण्डौ - १ प्याकेज
११. पद्मा श्रेष्ठज्यु, बाफल काठमाण्डौ - १ प्याकेज
१२. रोशन घिमिरेज्यु - ८ प्याकेज

कुल : ६० प्याकेज

यस अघि रोशन घिमिरे सुबेदीज्युले ४० प्याकेज खरिद गरि ६०० जनालाई सहयोग गर्दै मानवसेवा प्याकेज सुरुवात गर्न हौसला प्रदान गर्नुभएको ब्यालेन्स ग्रुपले जनाएको छ ।

दोश्रो चरणमा प्राप्त भएको खाधान्नको विवरण यसप्रकार छ :
१. चामल - १२ बोरा
२. खाने तेल - ३० लिटर
३. दाल - ३० केजी
४. आलु - ६० केजी
५. काउली - ११ केजी
६. बन्दा - ७० केजी
७. लौका - ५ केजी
८. हरियो खुर्सानी - १.५ केजी
९. नुन - २ प्याकेट