मानवसेवा आश्रमलाई माननीय सूर्य बहादुर के.सी. ज्युको १ लाख ५० हजार सहयोग


कास्की जिल्लाको नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा मनोनित हुनुभएका माननीय सूर्य बहादुर के.सी. ज्युले मानवसेवा आश्रमको सेवालाई अनुभूति गरेर नगद रु. १ लाख ५० हजार सहयोग गर्नुभएको छ 

नयाँ बर्ष २०७७ को अवसरमा आश्रमलाई सहयोग गर्नुभएको हो । उहाँले बैशाख २७ गते शनिबार आश्रमका अभियान्ताहरुलाई बोलाएर रकम हस्तान्तरण गर्नुभएको थियो ।

माननीयज्यु आफैले आश्रमको मासिक रुपमा खाधान्न, औषधोपचार, लत्ताकपडा, सरसफाई सामग्री खरिदमा के कस्तो खर्च आउँछ भनेर जान्न इच्छुक रही केहि हदसम्म भएपनि सहजीकरण होस् भन्ने उदेश्यले नयाँ बर्षको अवसरमा सम्पर्क गर्नुभएको थियो ।