लकडाउन सडकसेवा ४५ औं दिन : लकडाउन प्रभावितको लागि एक छाक भोजनसेवा


जेठ ८ गते, २०७७ । मानवसेवा आश्रमले बिगत ४५ दिनदेखी  कोरोनाको कहरले निम्त्याएको लकडाउनको कारणले प्रभावित हुनुभएका भक्तपुर जिल्लामा रहनुभएका करिब ४०० जनाजस्तो सहयोगापेक्षी व्यक्तिहरुलाई निरन्तर भोजनसेवा गराईराखेका छौँ ।

यस सेवा कार्यमा सुर्यविनायक नगरपालिका सुन्दरबस्ती, भक्तपुर बस्नुहुने आदरणीय यम्दे प्रजापतिज्युले सहयोगापेक्षी व्यक्तिहरुको लागि एकछाक विशेष भोजनसेवाको लागि आश्रममा नै उपस्थित भइ नगद २० हजार स-प्रेम सहयोग गर्नुभएको छ । यस सेवामा सहजीकरण गर्नुहुने दयालक्ष्मी प्रजापतिज्यु, निरज भट्टूज्यु एवं कृष्णहरी शिल्पकारज्युमा धेरै धेरै साधुवाद ।