लकडाउन सडकसेवा ४७ औं दिन : दिनभरीको भोजनसेवा व्यवस्थापनको लागि आर्थिक सहयोग


जेठ १० गते, २०७७ । मानवसेवा आश्रमले बिगत ४७ दिनदेखी  कोरोनाको कहरले निम्त्याएको लकडाउनको कारणले प्रभावित हुनुभएका भक्तपुर जिल्लामा रहनुभएका करिब ४०० जनाजस्तो सहयोगापेक्षी व्यक्तिहरुलाई निरन्तर भोजनसेवा गराईराखेका छौँ ।

यस ४७ औं दिनको भोजनसेवाको दिनमा Saint Chamond Espoir France संस्थाबाट दिनभरीको भोजनसेवा ब्यबस्थापनको लागि नगद रु ३० हजार स-प्रेम अर्पण गर्नुभएको छ । यस मानवीय सेवामा सहयोग गर्नुहुने Saint Chamond Espoir France संस्था र सहजीकरण गर्नुहुने भक्तपुर निवासी बाबुलाल तामांगज्युमा धेरै धेरै साधुवाद ब्यक्त गर्दछौं ।