लकडाउन सडकसेवा ५१ औं दिन : स्वर्गीय बुबाको स्मरण गर्दै सहयोगापेक्षीलाई भोजनसेवा


जेठ १४, २०७७ | मानवसेवा आश्रमले बिगत ५१ दिनदेखी  कोरोनाको कहरले निम्त्याएको लकडाउनको कारणले प्रभावित हुनुभएका भक्तपुर जिल्लामा रहनुभएका करिब ४०० जनाजस्तो सहयोगापेक्षी व्यक्तिहरुलाई निरन्तर भोजनसेवा गराईराखेका छौँ । यस मानवीय सेवाकार्यमा सहजीकरण गर्नुहुने सम्पूर्ण उदार मन, विशाल हृदय हुनुभएका परोपकारी मनहरुहले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहनु भएको छ । तपाइँहरु सम्पूर्णप्रति हामी कृतज्ञ छौँ ।

यसैक्रममा मानवसेवा आश्रमलाई सुरुवातका दिनदेखि नै हर तरहबाट सहयोग गर्दै आइरहनु भएकी शुभेच्छुक  हाल अमेरिका निवासी आदरणीय इन्दिरा वाग्लेज्युले सहयोगापेक्षी व्यक्तिहरुको अभिभावकत्व ग्रहण गर्दै सडक भोजनसेवाको लागि एकदिन भरिको सेवाको लागि आवश्यक पर्ने रु. ४९,७२५ -| सहयोग स-प्रेम अर्पण गर्नुभएको छ । 

साथमा कबिर अनुयायी, मानवता प्रेमी ललितपुर निवासी नारायणी रानाज्युले समेत रु. १५,००५ -| स-प्रेम योगदान गर्नुभएको छ । यस मानवीय सेवामा सहजीकरण गर्नुहुने मानवता प्रेमी, आश्रमका अभिभावक आदरणीय आदर्श साहेबज्युप्रति धेरै धेरै साधुवाद अर्पण गर्दछौं ।