सडकसेवाको लागि युवा तथा खेलकुद मन्त्रालयले अभिभावकत्व ग्रहण गर्दै २ लाख ५० हजार योगदान


जेठ १४, २०७७ । कोरोनाको कहरले निम्त्याएको लकडाउनले प्रभावित सहयोगापेक्षी व्यक्तिहरुको आफन्त भई भक्तपुर जिल्लाको विभिन्न ३ स्थानहरुमा पुगि बिहान-बेलुका ७०० जना भन्दा बढि व्यक्तिहरुलाई भोजन सेवामा स-प्रेम अर्पण गर्ने हाम्रो प्रयास जारी छ।

यसै सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयका सचिव आदरणीय राम प्रसाद थपलियाज्यु र सह-सचिव आदरणीय डा.मान बहादुर वि.केज्यु सिंगो मन्त्रालय परिवारको प्रतिनिधित्व गर्दै सहयोगापेक्षीहरुको आफन्त बनि भोजन सेवाको ५१ औं दिनमा स-प्रेम सहभागिता जनाउनु हुँदै मन्त्रालयको तर्फबाट मन्त्रालयको स्विकृत कार्यक्रम सांस्कृतिक रुपान्तरणमा युवा सचेतना अन्तर्गत विश्वभर फैलिएको कोरोना प्रभावलाई न्युनिकरण गर्न मानवसेवा आश्रमले मानवता प्रवर्द्दन महाअभियान सँग सम्बन्धित कार्यक्रमहरु सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार, उपचार, परामर्श एवं पारिवारिक पुन:मिलन को लागि स्वयंसेवहरु परिचालन गर्न रु. २ लाख ५० हजार स-प्रेम उपलब्ध गराउनु भयो।

यस कठिन एवं असहज समयमा आश्रमले गरिरहेको सेवालाई महशुस गरि मानवीय सेवामा समर्पित हामी अभियन्ताहरुलाई थप उर्जा र हौसला प्रदान गर्नु भएकोमा सिँगो मन्त्रालय परिवार र फिल्डमै आई हामीलाई उर्जा प्रदान गर्नु भई सेवामा गरिमामय सहभागिता जनाउनु हुने आदरणीय सचिवज्यु र सह-सचिवज्युलाई धेरैधेरै साधुवाद

मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान)
हाम्रो चाहना : सबैको लागि खाना, नाना र छाना
हाम्रो प्रतिबद्दता : सहयोगापेक्षी (वेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा
हाम्रो सपना : मानवीयताको राष्ट्र नेपाल (The country of humanity - Nepal)
...............................
मानवीय सेवामा सहकार्यको लागि :
Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account number: D101010000179
Swift code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd (Kamaladi, Kathmandu)
.................................
मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान) को ७ प्रदेश १४ जिल्ला १९ वटा सेन्टरहरुको सेवाको लागि सम्पर्क फोन : ९८५५०७६००१ देखि १५ सम्मका सम्पर्क नं हरु