लकडाउनको समयमा बाग्लुङ समाज कल्याण केन्द्र, काठमाडौं महिला समुहको सहयोग मानवसेवा आश्रमलाई



मानवसेवा आश्रमको सेवालाई विभिन्न समयमा नियमितरुपमा सहयोग पुर्याउदै आइरहेको बाग्लुङ समाज कल्याण केन्द्रले मानवसेवा आश्रमले खाद्यन्न सामाग्री सहयोग गरेको छ । 


केन्द्रले मानवसेवा आश्रम सामाखुशी शाखालाई रु. २५,००० बराबरको खाद्यन्न सामाग्री सहयोग गरेको हो । समुहकी संयोजक निर्मला श्रेष्ठज्युको संयोजकत्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्रका कार्यकारी प्रमुख रामकुमार राजभण्डारीज्युको विषेश उपस्थिती रहेको थियो भने कार्यक्रममा उपाध्यक्ष विजया राजभण्डारीज्यु, कोषाअध्यक्ष मन्दिरा श्रेष्ठज्यु लगाएतको उपस्थिति रहेको थियो । 


कार्यक्रममा मानवसेवा आश्रमलाई नियमित सहयोग पु¥याउने उद्धेश्यले बाग्लुङ समाज कल्णण केन्द्र, महिला समुह, काठमाडौंले दश लाखको अक्षय कोष निर्माण गर्न लागेको समेत समूहकी अध्यक्ष निर्मला श्रेष्ठले बताउनुभयो । करिब ५ लाख संकलन भइसकेको छ, लकडाउनको कारण सहयोग जुट्न नसकिरहेको भएपनि निकट भविष्यमै १० लाखको अक्षयकोष स्थापना गरी नियमित सहयोग गर्ने उहाँको भनाई रहेको थियो । 


समाजकी कोषाअध्यक्ष मन्दिरा श्रेष्ठले दुई जना आश्रमको संरक्षणमा रहेका बालगोपालहरुको अभिभाकत्व समेत ग्रहण गरी विगत चार सम्बत् २०७४ देखी नै मासिक दश हजार योगदान पुर्याउदै आइरहनु भएको छ भने परिवारको सम्पुर्ण खुशीयाली र उत्सवहरु आश्रममै मनाउदै आइरहनुभएको छ ।  


सामाजिक दुरीको पालना गरी सहयोग हस्तान्तरण गरिएको थियो । त्यस्तै बागलुङ समाज कल्याण महिला समुहकी सल्लाकार रशुमिला श्रेष्ठज्युले पनि आश्रमलाई नियमित योगदान पु¥याउदै आइरहनुभएको छ । 


मानवीय सेवाको कार्यमा सहयोग पु¥याउदै आइरहनुभएको सम्पुर्ण परोपकारी मनहरुमा सादर नमन् । 
जय मानवता  ! जय मानवसेवा !