मुख्यमन्त्री मेहन्द्र बहादुर शाहीद्वारा मानवसेवा आश्रम कर्णाली प्रदेश शाखाको उद्घाटन्, असाहय सडकमानवले सहारा पाउने


मानवसेवा आश्रम कर्णाली प्रदेशमा औपचारिक रुपमा विस्तार भएको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बर्षौदेखी सडकजीवन विताउदै आइरहेकी अन्दाजी ८० बर्षीय वेसाहरा बृद्ध आमालाई आश्रममा गृहप्रवेश गराई मानवसेवा आश्रम कर्णाली प्रदेश शाखाका समुद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहिले, हिजो भएका चिजहरु पनि भत्काइयो, समस्या रहेको राज्य व्यवस्था पनि भत्काइयो, यस्तो विषयमा ध्यान दिने समय थिएन र सकिएन पनि, अब भने हरेक समस्या समाधान गर्न सकिने  अवस्था आएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “जीवन नै संकटमा परेका सडकमानवहरुको व्यवस्थापन सरकारको सबैभन्दा महत्पुर्ण जिम्मेवारी हो यसको नेतृत्व सरकारले लिनुपर्छ र लिन्छ पनि । यसको कार्यान्वयनको लागि मानवसेवा आश्रमलाई प्रदेश सरकारको अभिभावकत्वे सदैव रहने छ ।”

फरक प्रसङ्गमा मुख्यमन्त्री शाहिले वेसाहारा भएका मानवहरुको संख्या बढाउनेगरी कुनैपनि कार्य गर्न नहुने बताउदै घरपरिवारबाट परित्यक्त भई सडकमा आउनपर्ने अवस्था अन्त्यका लागि समेत महत्पुर्ण भुमिका खेल्न आश्रमलाई अनुरोध गर्नुभएको छ ।

सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका र मानवसेवा आश्रमले संयुक्तरुपमा सडकमानवहरुको उद्धार तथा गृहप्रवेश कार्यक्रम आयोजना गरि मानवसेवा आश्रम कर्णाली प्रदेश शाखाको समुद्घाटन गरिएको हो ।

मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सभाअध्यक्षता आश्रमको मातृ संस्था सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनका प्रमुख संस्थापक डा. गोविन्द टण्डनले गर्नुभएको थियो । उहाँ मानवसेवा आश्रमको प्रमुख संरक्षक समेत रहनुभएको छ ।

कार्यक्रममा वीरेन्द्र नगर नगरपालिकाका मेयर देव कुमार सुवेदी, उपमेयर मोन माया ढकाल, कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका मुख्य सचिव राम प्रसाद थपलिया, उत्तर पश्चिम पृतना हेडक्वाटरका पृतनापति कर्मेन्द्र लिम्बु, सामाजिक विकास मन्त्रालयका सचिव डा. मान वहादुर विक, मुख्य मन्त्री कार्यालयका कानुन सचिव कुलानिधि पौडल, सचिव यज्ञ बोहोरा, कर्णाली प्रदेश प्रमुख कार्यालयका सचिव गंगाराम गेलाल, नेपाल सरकारका पुर्व सचिव दिपेन्द्र विक्रम थापा, पुर्व सह–सचिव रविन्द्र कर्मचार्य, प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका डि.आइ.जी. मधुसुधन कार्की, नेपाल प्रहरीका डि.आई.जी. महेश विक्रम शाह, उद्योग बाणिज्य संघका अध्यक्ष धन बहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बसन्त रजौरे लगाएत सुर्खेतमा कार्यरत विभिन्न सरकारी, गैर सरकारी तथा समाजिक संघ संस्थाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

सुर्खेतको एरपोर्ट नजिकै १४ कठ्ठाको कम्पाउण्डभित्र रहेको २३ कोठे घर भाडामा लिई मानवसेवा आश्रम सुरखेत सञ्चालनमा ल्याइएको हो । सो घरको घरबाभाडा वीेरेन्द्रनगरनगर नगरपालिकाले तिरिदिने र आवश्यक व्यवस्थापकीय सहयोग सामाजिक विकास मन्त्रालयले सहयोग गर्नेगरि सेवा अघि बढाइएको छ ।

२०८२ सालभित्र कसैलेपनि सडकपेटी र सार्वजनिक स्थलहरुमा खुला आकाशमुनी रात विताउन नपर्ने अवस्थाको निर्माण गर्ने लक्ष्य मानवसेवा आश्रमले लिएको छ । हाल कर्णाली प्रदेश सहित ६ ओटा प्रदेशका विभिन्न १२ जिल्लामा हाल १४ ओटा आश्रमहरु सञ्चालनमा छन् । सबै शाखामा गरी हाल ६५० जनालाई आश्रमले सडकबाट उद्धार गरि संरक्षण दिइरहेको छ भने ५०० बढीलाई पारिवारी पुनर्मिलन गराइएको छ । प्रदेश नं. १ बाहेक सबै प्रदेशमा आफ्नो शाखा विस्तार गरिसकेको आश्रमले १ नं. प्रदेशमा पनि शाखा विस्तारको लागि गृहकार्य गरिरहेको छ ।

 

(औपचारिक कार्यक्रमको प्रतक्ष प्रशारण भएको फेसबुक लाईभ: https://m.facebook.com/story.php?story_fbid=834756046860332&id=100009778330258