माननीय न्यायाधीश सपना प्रधान मल्लद्वारा आमाको पुण्यतिथिमा मानवसेवा आश्रममा सहयोग


जेठ १७, २०७७ । सर्बौच्च अदालतका माननीय न्यायाधीश श्री सपना प्रधान मल्लज्युले आफ्नो स्वर्गीय आमाको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रममा सहयोग गर्नुभएको छ ।

उहाँले आश्रमको भक्तपुर शाखामा स्वयं उपस्थित भएर मानवसेवा आश्रमको भक्तपुर शाखामा रहनुभएका आमा बुबाको सेवामा सहजीकरण गर्नको लागि अत्यावश्यक सामग्रीहरु स-प्रेम सहयोग गर्नुभएको हो ।

यस मानवीय सेवामा सहजीकरण गर्नुहुने, अत्यन्तै प्रेम गर्नुहुने शुभेच्छुक माननीय न्यायाधीश सपना प्रधान मल्लज्यु प्रति धेरै धेरै साधुवाद अर्पण गर्दै स्वर्गीय आमाको बैकुण्ठ बासको लागि भगवानसँग प्रार्थना गर्दछौं ।

देशलाई नै वि.स २०८२ सालसम्ममा मानवीयताको राष्ट्र निर्माण गर्ने महान अभियानसहित अगाडी बढेको मानवसेवा आश्रमको आजको दिनमा देशका सातै प्रदेशको १४ जिल्ला र १९ सेवाकेन्द्रहरुमा १२०० जना सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरु रहनुभएको छ । साथमा आश्रमले अहिले कोरोनाको कहरले निम्त्याएको लकडाउनको समयमा भक्तपुर जिल्ला केन्द्रित भई बिगत ५४ दिनदेखि बिहान र बेलुका करिब ४०० जनालाई भोजनसेवा गराइरहेको छ ।