लकडाउनको समयमा १०७ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार


जेठ २२ गते, २०७७ । मानवसेवा आश्रमले विश्वभरी नै माहामारीको रुपमा फैलिएको कोरोनाको कारणले निम्त्याएको लकडाउनको समयमा देशैभरीबाट १०७ जनाको उद्दार गरेको छ 

२०७६ साल चैत्र ११ गतेदेखि लागु भएको लकडाउनको आज ७३ औं दिन भइसकेको छ । यस कठिन अवस्थामा सबैतिर बन्द रहँदा सहयोगापेक्षीको संख्यामा दैनिक वृद्धि भैरहेको छ । अहिले मानवसेवा आश्रममा उद्दार गरिदिनुहोस् भन्दै दैनिक १५ देखि २५ वटा फोन आइरहेका हुन्छन् । हामी आफै पनि सडकमा रहेका सहयोगापेक्षीहरुको अवस्था अध्ययन गर्नको लागि नियमित सक्रियरुपमा लागिरहेका छौँ ।

विश्व नै कठिन अवस्थामा रहेकाबेला सिधै उद्दार गर्दै गर्दा संक्रमित व्यक्तिहरु रहनुभयो भने अहिले आश्रममा आश्रित कमजोर प्रतिरक्षा प्रणाली हुनुभएका आमाबुबा लगायत विभिन्न उमेर समूहका व्यक्तिहरुमा समेत असर पर्ने हुँदा अहिले हामीले सेवाको लागि तयार रहेको जानकारी गराउंदै PCR Test को नतिजा नेगेटिभ आएपछि मात्र आश्रममा ल्याइदिनुहुन अनुरोध गरिरहेका छौं । अहिले देश भरिका विभिन्न स्थानीय निकायले यस किसिमका टेस्ट गरिदिएर सहजीकरण गरिरहनु भएको छ ।

लकडाउनको समयमा उद्दार गरिएका व्यक्तिहरुको विवरण यसप्रकार रहेको छ :

क्र.स

सेवा केन्द्र

महिला

पुरुष

जम्मा

मुख्य कार्यालय, हेटौडा

शाखा कार्यालय, चितवन

शाखा कार्यालय, ललितपुर

शाखा कार्यालय, भक्तपुर

शाखा कार्यालय, गोर्खा

स्क्रिनिंग सेन्टर, बालाजु

१३

२२

शाखा कार्यालय, बाग्लुंग

शाखा कार्यालय, पोखरा

१३

११

२४

शाखा कार्यालय, बुटवल

१०

शाखा कार्यालय, सुर्खेत

११

शाखा कार्यालय, धनगढी

१२

शाखा कार्यालय, सामाखुसी

१३

उपसेवा केन्द्र, बुढानिलकण्ठ

१४

शाखा कार्यालय, बिराटनगर

१६

२२

जम्मा

 

५९

४८

१०७