मानवसेवा आश्रमलाई क्रिकेटर राकेश कर्णको ६० हजार स-प्रेम अर्पण


जेठ २०, २०७७ । अमेरिकामा रहेको नेपाली राइनोज क्रिकेट क्लबका संस्थापक राकेश कर्णले अमेरिकाबाट मानवसेवा आश्रमको सेवाकार्यलाई महसुस गरि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले सेवाको लागि रु. ६० हजार नेपाली रुपैयाँ स-प्रेम योगदान गर्नुभएको हो 

"देश बाहिर रहेकोले प्रत्यक्ष सहभागी हुन नपाएपनि तपाइँहरुले गर्नुभएको सेवामा एक नेपाली नागरिकको हिसाबले सानो सहयोग गर्ने अवसर पाएको छु" बिगत १५ बर्षदेखि अमेरिकामा रहँदै नेपाली क्रिकेट लगायत अन्य विभिन्न क्षेत्रमा निरन्तर सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएका राकेश कर्णले भन्नुभयो ।

मानवसेवा आश्रमले सातै प्रदेशको १४ जिल्ला र १९ वटा सेवाकेन्द्रहरुबाट ११०० सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा रहँदै कोरोनाको कहरले निम्त्याएको लकडाउनको समयमा प्रभावित भएका ३५० जना व्यक्तिहरुलाई बिगत ५७ दिनदेखि दैनिक बिहान र बेलुका भोजनसेवा गराइरहेको छ ।

यस मानवीय सेवामा संयोजनकारी भूमिका निर्वाह गर्नुभएका राष्ट्रिय क्रिकेटर शरद भेषावकर केहि समय अगाडी स्वयं सडकमा नै उपस्थित भएर भोजनसेवाको अनुभूति गर्नुभएको थियो ।

मानवसेवा आश्रमको यस महाअभियानमा सहयोग गर्नुहुने आदरणीय राकेश कर्णज्यु एवं सेवा संयोजनको भूमिका निर्वाह गर्नुहुने मानवसेवा आश्रमका अभिभावक आदरणीय शरद भेषावकरज्युप्रति धेरै धेरै साधुवाद अर्पण गर्दछौं 

मानवसेवा आश्रमको मानवीय सेवामा योगदान गर्नका लागि :

BANK NAME: GLOBAL IME BANK LTD (KAMALADI, KATHMANDU)
BANK ACCOUNT NAME: MANAVSEWA ASHRAM (All in capital letters)
BANK ACCOUNT NUMBER: D101010000179
SWIFT CODE: GLBBNPKA
CONTACT NUMBERS: 9855076001, 9855076004 

"सबैको मंगल होस्
सबैको कल्याण होस्
प्राणी मात्रको हित होस्
विश्वको जय होस्"