ओलम्पियन दिपक बिष्ट र आयशा शाक्यबाट सहयोगापेक्षीको भोजनसेवाको लागि २० हजार स-प्रेम अर्पण


जेठ २३, २०७७  ओलम्पियन दिपक बिष्ट र १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्णपदक बिजेता आयशा शाक्यले सहयोगापेक्षीको लागि भोजन अर्पण गर्नुभएको छ । उहाँहरुले शुक्रबार मानवसेवा आश्रमले गरिरहेको भोजनसेवामा सरिक भएर सहयोग गर्नुभएको हो ।

यसैक्रममा उहाँहरुले मानवसेवा आश्रम भक्तपुर शाखाको अवलोकन समेत गर्दै भोजनसेवाको लागि रु. २०,००० -| (अक्षेरुपी बीस हजार) स-प्रेम योगदान गर्नुभएको हो ।

साग खेलकुदमा लगातार ४ स्वर्णपदक जितेको किर्तिमान बनाउनुभएका दिपक बिष्टले यसरी सडकमा आएर सहयोग गर्न पाउँदा आनन्दको महसुस भएको बताउनुभयो । "मानवसेवा आश्रमले साच्चिकै नै प्रभावित भएकाहरुलाई यसरी सहयोग गर्दै आउनुभएको रहेछ । साथै मानव भएर उहाँहरुले जसरी सहयोगापेक्षीहरुको उद्दार, उपचार लगायतका सेवाहरु गर्दै आउनु भएको छ, हामी निरन्तर सम्पर्कमा रहेर हाम्रो तर्फबाट हुनसक्ने सहयोग आगामी दिनमा पनि गर्ने प्रतिबद्दता गर्दछौं ।" उहाँले भन्नुभयो ।

यस्तै आयशा शाक्यले पनि सहयोगापेक्षीको लागि केहि भएपनि सहयोग गर्न पाउँदा अत्यन्तै खुसि मिलेको बताउनुभयो । उहाँहरुको साथमा खेलकुद क्षेत्रको चर्चित अनलाइन पोर्टल हाम्रोखेलकुद डटकमका सम्पादक प्रकाश तिमिल्सिना र उहाँको श्रीमती रुपा बानियाँसमेत हामीलाई उत्साहबर्दन गर्न उपस्थित हुनुभएको थियो ।

मानवसेवा आश्रमले बिगत ६० दिनदेखि कोरोनाको कहरले निम्त्याएको लकडाउनले प्राभावित सहयोगापेक्षी व्यक्तिहरुको लागि बिहान र बेलुका भोजन गराउदै आइरहेको छ 

भक्तपुर जिल्ला केन्द्रित भएर करिब ३५० सहयोगापेक्षी मानिसहरुलाई भोजन गराउन मानवसेवा आश्रमलाई सहजीकरण गर्नुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद अर्पण गर्दछौं । आगामी दिनमा पनि यहाँहरुको साथ, सहयोग, माया र सहयोगको अपेक्षा राखेका छौं ।

"सबैको मंगल होस्,

सबैको कल्याण होस्,

प्राणी मात्रको हित होस्,

विश्वको जय होस्"

जय मानवसेवा ! जय मानवता !!