खुसीको खबर ! भवन निर्माणको सेवा शुभारम्भ हुने भयो मानवसेवा आश्रमको प्रदेश नं ५ बुटवलमा


जेठ ३०, २०७७ | मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान) प्रदेश नं ५ रुपन्देही बुटवल शाखाको भवननिर्माण (मानवीय स्मारक) को औपचारिक निर्माण सेवा शुभारम्मको लागि निर्माण व्यवसायी बाबुराम चौधरी थारु सँग सम्झौता सम्पन्न भएको छ।

मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्षज्यु, बुटवल उप महानगरपालिका वडा नं ८ का आदरणीय अध्यक्षज्यु एवं मानवसेवा आश्रमका आदरणीय अभिभावकज्युहरु र आश्रमको निर्माण सेवाको लागि गठन भएको निर्माण उपभोक्ता समितिको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो। ११ करोडको लागतमा निर्माण हुन गईरहेको यस मानवीय स्मारक, मानवीय मन्दिरको निर्माण सम्पन्न भए पश्चात २०० जना सहयोगापेक्षी (वेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवहरुलाई सहजरुपमा सेवा प्रदान गर्न सकिने छ।

जिउँदो देविदेवता समान सहयोगापेक्षीहरुको आश्रय स्थल निर्माणको कार्यमा सबै जानाको तन मन धनको त्रिवेणी सहितको साथ सहयोग एवं अभिभावकत्व हामीलाई अपेक्षित रहेको छ।

हाम्रो चाहना : सबैको लागि खाना, नाना र छाना

हाम्रो प्रतिबद्दता : सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा

हाम्रो सपना : मानवीयताको राष्ट्र नेपाल (The Country of Humanity, Nepal)