मानवसेवा आश्रम पोखरा शाखाको लकडाउन अवधीभर घर भाडामा २५ प्रतिशत छुट


जेठ ३१, २०७७ | मानवसेवा आश्रम गण्डकी प्रदेश पोखरा शाखाको सेवामा सहज बनाउन घरधनी आदरणीय खड्ग बहादुर शाहीज्युले लकडाउन अवधीको घरभाडामा २५ प्रतिशत छुट दिने घोषणा गर्नुभएको छ ।

(फाइल फोटो)

मानवसेवा आश्रम अहिले पोखराको छोरेपाटनमा मासिक ८० हजार घर भाडामा सन्चालनमा रहेको छ जसमा सडकपेटीबाट उद्दार गरिएका १२६ जना सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित व्यक्तिहरु रहनुभएको छ 

यसअघि पनि मानवताप्रेमी, उदारमना खड्ग बहादुर शाहीज्युले आश्रमको सेवाकार्यमा सहजीकरण गर्नको लागि विभिन्न समयमा सेवा योगदान गर्दै आइरहनुभएको छ । 

मानवसेवा आश्रम अहिले देशभरका सातै प्रदेशको १४ जिल्ला र १९ सेवाकेन्द्रहरुबाट सेवारत रहेको छ जसमा ११०० जना सहयोगापेक्षी व्यक्तिहरुले आश्रमको गरिमा बढाईरहनुभएको छ ।

मानवसेवा आश्रमको यस मानवीयसेवामा योगदान पुर्याउनुहुने मानवसेवा आश्रमका अभिभावक एवं गण्डकी प्रदेश पोखरा शाखा सन्चालनमा रहेको घरका घर धनी परोपकारी खड्गबहादुर शाहीज्युमा धेरै धेरै साधुवाद अर्पण गर्दछौं ।

हाम्रो चाहना : सबैको लागि खाना, नाना र छाना

हाम्रो प्रतिबद्धता : सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा

हाम्रो सपना : मानवीयताको राष्ट्र नेपाल (The Country of Humanity, Nepal)

मानवीय सेवामा सहकार्यको लागि :

BANK ACCOUNT NUMBER: D101010000179

BANK ACCOUNT NAME: MANAVSEWA ASHRAM (All in capital letters)

BANK NAME: GLOBAL IME BANK (KAMALADI, KATHMANDU)

SWIFT CODE: GLBBNPKA